9 years ago
August 26, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत शुक्रबार एपीएफ रंगशाला हल्चोक र एन्फा कम्प्लेक्स सात्दोबाटोमा भएको खेलमा महाबिर, च्यासल र पुल्चोक विजयी भएका छन्।

आजको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले सतदोबाटो युथ क्लबलाई ३-०ले पराजित गर्यो, पुल्चोकका लागि पूर्ण बहादुर गुरुङ्ले दुई गोल गरे भने थप एक गोल मनिश थापाले गरेका थिए । पुल्चोक पछील्लो खेलमा तुसालसँग ५-४को अन्तरले पराजित भएको थियो।
आजै भएको दोस्रो खेलमा नेपालको सबै भन्दा पुरानो क्लब महाबिरलाई श्री कुमारी क्लबले १-०ले पराजित गर्दा सुबर्ण समेखामले गोल गरेका थिए । आजको तेस्रो तथा अन्तिमा खेलमा च्यासलले तुसाल लाई २-० ले पराजित गर्दा अरुण श्रेष्ठ र रबिन ब्यन्जन्करले एक-एक गोल गरेका थिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]