5 years ago
August 25, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगन कम्तिमा तीन महिना टोलीबाट बाहिर रहने भएका छन् ।

दायाँ घुँडाको पटेलार टेन्डनले लामो समयदेखि समस्या दिइरहेकोले टेर स्टेगनले शल्यक्रिया गर्ने निर्णय लिएका हुन् । उनले सामान्य दुखाइका बाबजुद खेलिरहेपनि दिर्घकालिन रुपमा यसले धेरै असर गर्ने देखिएपछि गत मंगलबार नै शल्यक्रिया गरेका छन् । शल्यक्रियापश्चात मैदान फर्कन उनलाई कम्तिमा तीन महिना लाग्ने बताइएको छ ।
टेर स्टेगनलाई कोरोना संक्रमणको कारण लिग स्थगित हुनुअघि नै घुँडाको समस्या आएको थियो । त्यसबेला टेर स्टेगनले युरो २०२० लाई मध्यनजर गर्दै शल्यक्रिया नगर्ने निर्णय लिएका थिए । कोरोनाका कारण फुटबल नै प्रभावित भएपछि टेर स्टेगनले सिजनको अन्त्यसँगै शल्यक्रिया गर्ने भएका हुन् ।
बार्सिलोनाले प्रशिक्षक किके सेटिनलाई बर्खास्त गरेसँगै रोनाल्ड कोम्यान नयाँ प्रशिक्षकका रुपमा आएका छन् । कोम्यानले अब सुरुवाती केहि महिना दोस्रो रोजाईका गोलरक्षक नेटो अथवा एकेडेमीका पेना र टेनासलाई अवसर दिनेछन् । बार्सिलोनाले टेर स्टेगनलाई भने लामो समयसम्म क्लबमै राख्न चाहेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]