default_image

5 years ago

August 24, 2020

बेललाई टोटेनहम फर्काउने मोउरिन्होको प्रयास

162 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरका प्रशिक्षक जोसे मोउरिन्होले स्पेनिस क्लब रियल म्याड्रिड तथा वेल्सका फरवार्ड ग्यारेथ बेललाई अनुबन्धको लागि प्रयास गर्ने भएका छन् ।

सन् २०१३ मा त्यसबेलाको विश्व कीर्तिमानी मुल्य ८६ मिलियन पाउन्डमा बेल टोटेनहमबाटै म्याड्रिड पुगेका थिए । बेलले २००७ देखि २०१३ सम्म टोटेनहम बसाईका क्रममा उच्च प्रदर्शन गरेका थिए । टोटेनहमका लागि लेफ्ट ब्याक हुँदै लेफ्ट विंग पोजिसनमा पुगेका बेलले प्रिमियर लिगमा तहल्का नै मच्चाएका थिए । उनकै प्रदर्शनमा टोटेनहमले च्याम्पियन्स लिगमा समेत उत्कृष्ट नतिजा निकालेको थियो ।

रियलमा आएर पनि उच्च प्रदर्शन गरेका बेल पछिल्लो समय जिनेदिन जिदानको नजरमा पर्न सकेका छैनन् । म्याड्रिडले बेलसहित अन्य खेलाडीलाई बेच्ने सुचीमा राखेको छ । क्रिस्टियानो रोनाल्डो र करीम बेन्जेमासँग बलियो आक्रमण जोडी बनाएका बेल पछिल्लो समय भने क्लबसँग राम्रो सम्बन्ध नहुँदा खेल्न पाइरहेका छैनन् ।

रियलमा अवसर नपाइरहेका ३१ वर्षे बेललाई टोटेनहम फर्काउन पोर्चुगिज प्रशिक्षकले चासो देखाएका हुन् । इल स्पानोलका अनुसार बेललाई म्याड्रिडमै बस्ने कि टोटेनहम फर्कने दुई विकल्प छ । म्याड्रिडमै रहे खेल्ने अवसरै नपाउने बुझेका बेललाई आफ्नो उत्कृष्ट लयमा फर्कन टोटेनहम राम्रो अवसर हुने बुझेका छन् ।

मोउरिन्होले म्यानचेस्टर युनाइटेडमा रहँदा २०१७ मा नै बेललाई युनाइटेड ल्याउने प्रयास गरेपनि विफल भएको थियो । त्यतिबेला प्रि–सिजनको मैत्रीपुर्ण खेलमा यि दुई टोलीले अमेरिकामा खेलेका थिए । मोउरिन्होले निकै अघिदेखि बेलको प्रशंसा गर्दै आएका छन् ।

बेलले बर्नाबेउमा आफ्नो अवस्था बुझेका कारण छिट्टै उचित कदम चाल्नेछन् । उनले रियलमै रहेर खेल्ने कमै मौका पाए वेल्सको टोलीमा पर्ने सम्भावना त छ । तर, बेलले युरो कपको लागि तयार रहन पनि मैदानमा समय बिताउनुपर्ने हुन्छ । त्यसैले उनले रियल छाड्ने विकल्प रोज्न सक्नेछन् ।

म्याड्रिडमा जिदानले सीमित मात्रामा अवसर पाएपनि उनका एजेन्ट जोनाथन बार्नेटले बेल आफ्नो करार अवधिसम्म रियलमै खुसी रहेको र रियलमै रहने बताउँदै आएका छन् । म्याड्रिडमा बेलको सम्झौता अझै दुई वर्ष बाँकी छ । उनले यस सिजन रियलबाट २० मात्रै खेलमा अवसर पाउदा ३ गोल र दुई असिस्ट दिएका छन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.