default_image

5 years ago

August 23, 2020

बार्सिलोनामै बस्ने स्वारेजको इच्छा

126 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाको इतिहासमा लुइस स्वारेज तेस्रो सर्वाधिक गोलकर्ता हुन् । तर पछिल्ला केहि वर्षमा प्रदर्शन खस्कदै जाँदा उनको आलोचना हुन थालेको छ । त्यसका बावजुद पनि स्वारेजले भने सम्झौता अवधि पूरा नहुँदासम्म क्याम्प नोउमा बस्न चाहेका छन् ।

च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बार्यन म्युनिख सँग ८–२ को लज्जास्पद हारपछि स्वारेजको भविष्यका बारेमा क्लब र समर्थकहरुका बीचमा चर्चा सुरु भएको छ । ‘अहिले सम्म मलाई कसैले पनि क्लबमा मेरो आवश्यकता नभएको बताएका छैनन्’, उनले भने, ‘टिमले उत्कृष्ट गर्न सकोस् भन्ने मेरो चाहना हो । त्यसमा म भइन भने पनि केहि छैन ।’

स्वारेजले विगतमा रियल म्याड्रिडको प्रदर्शनलाई लिएर पनि निकै आलोचना भएको स्मरण गरेका छन् । ‘म तुलाना गर्न त ठिक मान्दिन । हरेक ठाँउ फरक हुन्छ । एक पटक रियल च्याम्पियन्स लिगमा आयाक्ससँग पराजित भएको थियो । त्यति बेला टोनी क्रुस सकिए भनिएको थियो’, उनले भने ।

‘लुका मोड्रिचले सन्यास लिनुपर्ने बताइएको थियो । सर्जियो रामोस सकिए भनिएको थियो । तर अर्को वर्ष उनीहरुले राम्रो गरे । उनीहरुको बारेमा धारणा परिवर्तन भए, टिमले पनि उच्च प्रदर्शन गर्यो ।’

बार्सिलोना उत्कृष्ट टोली हुँदाहुँदै हारमा भने सबैका बारेमा प्रश्न उठ्ने गरेको स्वारेज बताउँछन् । ‘त्यो राम्रो होइन । हरेक पटक उस्तै प्रदर्शन नहुन सक्नछ । तर मान्छेहरुले सजिलै धारणा बनाउँछन्’, उनले थपे, ‘आज जे सेतो हुन्छ भोली त्यो कालो हुन सक्छ । साच्चै भन्नुपर्दा कतिपय अवस्था हामीले एकता, धर्यता र पुराना विषय बिर्सन्छौं ।’

स्वारेज र बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीबीच मैदान भित्र र बाहिर राम्रो दोस्ती छ । यी दुई खेलाडीको परिवारले कतिपय अवस्थामा छुट्टी पनिसँग मनाउने गरेका छन् । यसपटक पनि ला लिगाका सकिएर च्याम्पियन्स लिग अघि उनीहरुको परिवारसँगै थिए ।

‘लियो जस्तो साथीहुनु मेरो लागि गर्वको विषय हो । उनी साच्चै राम्रा मान्छे हुन्’, उनले भने, ‘सँगै खेल्नु भनेको अस्थायी विषय हो । तर हाम्रो सम्बन्ध भनेको त्यो भन्दा निकै माथिको छ ।’

बार्यनसँगको हारपछि बार्सिलोनामा प्रशिक्षक परिवर्तन भइसकेका छन् । किके सेटिनको ठाँउ रोनाल्ड कोम्यानले लिइसकेका छन् । कोम्यामनको आगमनपछि क्लबको आवश्यकता अनुसार आफु बेन्चमा बस्नका लागि पनि तयार रहेको बताएका छन् ।

‘खेल जीवनमा कुनै समय म परिवर्तित खेलाडीका रुपमा खेल्न तयार भएको थिए । फेरि एक पटक त्यस्तो अवस्था आएपछि मलाई केहि फरक छैन’, उनले भने, ‘प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ । यदि प्रशिक्षकले मलाई बेन्चबाट सुरु गर्न चाहन्छन् भने पनि मलाई कुनै समस्या छैन ।’

३३ वर्षे उरुग्वेली फरवार्डले बायर्नसँगको हारका बारेमा आफ्नो धारणा राखेका छन् । ‘त्यो एउटा त्यस्तो दिन थियो । जहाँ हाम्रो सबै खराब रह्यो । हामी परम्परागत प्रदर्शन भन्दा टाढा थियौं र केहि गर्न सकेनौं’, उनले भने, ‘म कुनै माफीको लागि भनिरहेको छैन । तर हाम्रा लागि यो वर्ष अपवाद जस्तै थियो । बार्यनले निकै राम्रो तयारी गरेको थियो । उनीहरु सबै विषयमा प्रष्ट थिए । तर हामी लिस्बन पुग्दा सम्म केहि दुविधामा थियौं ।’

स्वारेजको नजरमा यदि दुई लेगको क्वार्टरफाइनल भएपनि बार्यनले जित्ने थियो । उनले भने,’तर, क्याम्प नोउमा हामी राम्रो गर्न सक्थ्यौं ।’

अन्तमा उनले बार्सिलोनामा बस्न चाहेको पनि प्रष्ट पारेका छन् । ‘जति बेलासम्म मलाई क्लबले राख्न चाहन्छ म त्यति बेलासम्म बस्न चाहन्छु’, उनले भने, ‘म अझै योगदान गर्न चाहन्छु । यहाँ आएदेखि नै समर्थहरुबाट मैले सहयोग पाइरहेको छु ।’

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.