5 years ago
August 23, 2020
एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको दुई गोल सहयोगमा इंग्लिस क्लब टोटेनहम हस्टपरले क्लब मैत्रीपुर्ण खेलमा सहज जित निकालेको छ ।

टोटेनहमले च्याम्पियनसिप क्लब इप्सविचमाथि ३–० को सहज जित निकालेको हो । अर्काे गोल रायन सेस्सेग्ननले गरे । खेलको छैटौं मिनेटमा नै सेस्सेग्ननको गोलबाट टोटेनहम अघि बढेको थियो ।
१०औं मिनेटमा ह्युङ मिन सनले अग्रता दोब्बर पारे । ३०औं मिनेटमा सनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोटेनहमलाई ३–० को आरामदायी अग्रता दिलाए ।
दोस्रो हाफमा टोटेनहमले च्याम्पियनसिप टोलीलाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा पहिलो हाफको तीन गोल नै टोटेनहमको जितमा पर्याप्त बन्यो ।
यस्तै अर्काे मैत्रीपुर्ण खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड डच क्लब फियोनोर्डसँग ३–१ ले पराजित भएको छ । फियोनोर्डको जितमा निकोलाई जर्गेन्सनले दुई तथा इरिक बोट्टेघिनले एक गोल गरे । डर्टमुन्डका एक्सेल विस्टेलले एक गोल फर्काए । क्लबहरुले नयाँ सिजन शुरु हुनुअघि मैत्रीपुर्ण खेल खेलिरहेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]