5 years ago
August 23, 2020
एजेन्सी – नयाँ सिजनको फ्रेन्च लिग वानमा लिल र रेनिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

लिलका जोनाथन बाम्वाले गोल गर्दा रेनिसका डामिन डा सिल्भाले बराबरी गोल फर्काएका थिए । दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको ३५औं मिनेटमा रेनिस १० खेलाडीमा समेटिएको थियो । सचा बोइ सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि रेनिस १० खेलाडीमा समेटिएको थियो ।
३९औं मिनेटमा जेकाको पासमा जोनाथन बाम्वाले गोल गर्दै घरेलु टोली लिललाई अग्रता दिलाए । ४२औं मिनेटमा लिल पनि १० खेलाडीमा समेटियो । रेइनिल्डो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोलीले दोस्रो हाफमा १० खेलाडीमा रहेका खेल्नुपरेको थियो ।
दोस्रो हाफमा दुवै टोलीले गोलका केही प्रयास गरेपनि गोलको लाग निकै संघर्ष गर्नुपरेको थियो । दोस्रो हाफमा मैदान छिरेका युवा मिडफिल्डर इडुआर्डाे कामाभिंगाको पासमा सिल्भाले ७३औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । कामाभिंगा ६३औं मिनेटमा बेन्जामिनको स्थानमा मैदान छिरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो ।
यस्तै अर्काे खेलमा एन्जर्सले डिजोनमाथि १–० को कठिन जित निकालेको छ । एन्जर्सको जितमा इस्माइल ट्राओरेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २२औं मिनेटमा गोल गरेका थिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]