5 years ago
August 23, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पीएसजी) आमने सामने हुँदा दुवै टोलीको प्रशिक्षक जर्मन नागरिक रहेका छन् ।

पोर्चुगलको लिस्बनमा हुने फाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिख र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि जित्ने लक्ष्यसाथ उत्रनेछन् । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । बायर्न सिजनको तेस्रो उपाधि तथा समग्रमा छैटौं पटक च्याम्पियन्स लिग जित्ने दाउमा हुनेछ । यता, पीएसजी सिजनको पाँचौ तथा पहिलोपटक च्याम्पियन्स लिग जित्दै इतिहास रच्ने सुरमा छ ।
उत्कृष्ट खेलाडीहरुको साथ रहेकाले यि दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । यति मात्र होइन यो खेललाई दुई उत्कृष्ट प्रशिक्षक बायर्नका हान्सी फ्लिक र पीएसजीका थोमस टुचेलबीचको भिडन्तको रुपमा पनि हेरिएको छ । दुवै जर्मन प्रशिक्षक हुन् ।
टुचेल १४ मे २०१८ मा पीएसजीको प्रशिक्षक नियुक्त भएका थिए । त्यसअघि उनी दुई वर्ष जर्मन क्लब बोरुसिया डर्टमुन्डको प्रशिक्षक रहेका थिए। ४६ वर्षीय टुचेलको प्रशिक्षणमा पीएसजीले १०३ खेल खेल्दा ८० जित ११ बराबरी र १२ हारको नतिजा निकालेको छ । यसक्रममा पीएसजीले यो सिजन चार उपाधि जितिसकेको छ ।

क्लबले खराब प्रदर्शन गरेसँगै बायर्नले निको कोभाकलाई बर्खास्त गर्दै ३ नोभेम्वर २०१९ मा फ्लिकलाई पूर्णकालीन प्रशिक्षक नियुक्त गरेको थियो । उनी त्यसअघि सहायक प्रशिक्षक रहेका थिए । सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा फ्लिक टोलीको सहायक प्रशिक्षक रहेका थिए ।
५५ वर्षीय फ्लिकको प्रशिक्षणमा बायर्नले यो सिजन दुई उपाधि जितेको छ । बायर्न बुन्डेसलिगा च्याम्पियन र डिएफबी पोकल च्याम्पियन बनेको थियो । फ्लिकको प्रशिक्षणमा बायर्नले ३५ खेल खेल्दा ३२ खेलमा जित, १ बराबरी र २ हारको नतिजा निकालेको छ ।
अनुभवको हिसावले टुचेल फ्लिकभन्दा माथि छन् । तर, नतिजाको आधारमा फ्लिक पनि सफल नै देखिएको छ । यि दुवै प्रशिक्षक पनि आफ्नो प्रशिक्षणमा पहिलो च्याम्पियन्स लिग जित्ने दाउमा हुनेछन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]