5 years ago
August 23, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको फाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिख र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ । यस खेलमा सबैको नजर स्टार फरवार्डद्वय रोबर्ट लेवान्डोस्की र नेयमारमा हुनेछ ।

खेल पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । दुवै टोलीले आक्रमक फुटबल खेल्ने भएकाले दुई च्याम्पियनबीचको भिडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । दुवै प्रशिक्षकले फाइनलको पूर्वसन्ध्यामा बोल्दै पुरानै रणनीतिमा खेल्ने प्रष्ट पारेका छन् ।
बायर्न म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्की यस सिजन उच्च लयमा छन् । क्वाटरफाइनलदेखि एक लेगको खेल भएपनि लेवान्डोस्कीले १५ गोल गरिसकेका छन् । समग्रमा यस सिजन लेवान्डोस्कीले ५५ गोल गरेका छन् । च्याम्पियन्स लिगमा लगातार खेलमा गोल गर्दै आएका लेवान्डोस्कीले फाइनलमा पनि बायर्नको आक्रमण सम्हाल्नेछन् ।
लेवान्डोस्कीलाई च्याम्पियन्स लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने रोनाल्डाको कीर्तिमानलाई बराबरी या तोड्ने अवसर छ । युभेन्टसमा रहेका रोनाल्डाले २०१३–१४ को सिजनमा स्पेनिस क्लब रियल म्याड्रिडबाट १७ गोल गरेका थिए ।

लेवान्डोस्कीलाई आक्रमणमा थोमस मुलर र सर्ज जिनाब्रीले साथ दिनेछ । जिनाब्रीले पनि च्याम्पियन्स लिगमा ९ गोल गरिसकेका छन् । यी दुईसँगै थोमस मुलर र इभान पेरिसिचले आक्रमण सम्हाल्ने देखिन्छ । मिडफिल्डर लिओन गोरेट्जका र थियागो अलाकान्ट्राले आक्रमणसँग समन्वय गर्नेछन् ।
यता, महँगा ब्राजिली खेलाडी नेयमार र फ्रान्सका युवा स्टार केलियन एमबाप्पे पीएसजीका लागि मुख्य हतियार हुनेछन् । पछिल्ला खेलमा नेयमारको प्रदर्शन नै पीएसजीको जितमा निर्णायक सावित हुँदै आएको छ । उनले गोल गर्ने मात्र नभएर मुभ सिर्जना गर्न र आक्रमण हाफमा बल होल्ड गर्दै डिफेन्सको टाउको दुखाइ बन्दै आएका छन् ।
पीएसजीसँग नेयमार र एमबाप्पेजस्ता विश्वस्तरीय खेलाडी छन् । यि २८ वर्षीय ब्राजिली खेलाडी जुनसुकै मूल्यमा पनि च्याम्पियन्स लिग जित्न चाहन्छन् । उनलाई सहयोग गर्ने मुख्य खेलाडी केलियन एमबाप्पे हुनेछन् । एमबाप्पेले यो सिजन ३१ तथा नेयमारले १९ गोल गरेका छन् । सँगसँगै एन्जल डी मारियाले पनि आक्रमणमा यी दुईलाई साथ दिनेछन् ।

दुवै टोली आक्रामक रणनीतिमा खेल्ने भएकाले यो खेल ‘लेवान्डोस्की भर्सेस नेयमार’ को प्रतिस्पर्धाको रुपमा हेरिएको छ । पीएसजी पहिलो उपाधिका लागि संघर्ष गरिरहेको भएपनि नेयमारले यसअघि बार्सिलोनाबाट खेल्दै च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । लेवान्डोस्की भने डर्टमुन्डको जर्सीमा रहँदा बायर्न म्युनिखसँग फाइनलमा पराजित भएका थिए ।
यो पनि : पीएसजी विश्वकै उत्कृष्ट टोलीमा गनिन्छ’ – बायर्न प्रशिक्षक फ्लिक
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]