5 years ago
August 24, 2020
एजेन्सी – लियोन मेस्सी बार्सिलोना छाडेर रियल म्याड्रिड जाने सम्भावना नरहेको लुइस फिगोले बताएका छन् । च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बार्सिलोना ८–२ ले पराजित भएपछि मेस्सीले क्लब छाड्ने चर्चा सुरु भएको छ ।
बार्सिलोनाका नयाँ प्रशिक्षक कोम्यानसँगको भेटमा पनि मेस्सीले क्लबसँग लामो सहकार्य हुन सक्नेमा शंका रहेको बताएका थिए । पोर्चुगलका पूर्व सुपर स्टार फिगो भने सन् २००० मा बार्सिलोना छाडेर चिर प्रतिद्वन्द्वि क्लब रियल म्याड्रिड जाँदा समर्थकबाट निकै आलोचित भएका थिए ।
एक वर्ष अझै बार्सिलोनासँग सम्झौता रहेपनि मेस्सीले आउने सिजनमै क्लब छाड्ने हाल्ला पनि चलेको छ । तर उनको रिलिज क्लब भने ७ सय मिलियन युरो रहेकाले जुन कुनै क्लबले उनलाई भित्राउन आट गर्ने छ्रैनन् ।
‘रिलिज क्लबका कारण पनि यो वर्ष मेस्सीलाई यो वर्ष कुनै क्लबले लिन सक्छ जस्तो लाग्दैन, ‘फिगोले भने, ‘अहिले सरुवा बजार निकै कठिन एको छ । यदि सहज अवस्था हुन्थ्यो भने त्यो सम्झौता हुन पनि सक्थ्यो ।’
फिगोले अन्तिममा थपे, ‘२० वर्षअघि मेरो जस्तो भएको थियो, अहिलेको अवस्थामा त्यहि हुन्छ जस्तो हुने लगभग असम्भव देख्नु ।’
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]