5 years ago
August 24, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यसै सिजन इटालियन च्याम्पियन युभेन्टसबाट अनुबन्ध गरेका मिडफिल्डर मिरालेम प्यानिचमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएसँगै उनी घरमै सेल्फ आइसोलेसनमा बसिसकेका छन् । १५ दिनको आइसोलेसन बसाई र कोरोनामुक्त भएपछि मात्रै प्यानिचले बार्सिलोनाको टिमसँग सामेल हुन पाउनेछन् ।
बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य सामान्य रहेपनि उनी १५ दिन आइसोलेसन बसाईपछि मात्रै टिमसँग जोडिने बताएका छन् । केही असजिलो महसुस भएपछि प्यानिचले शनिबार कोरोनाको लागि स्वाव संकलन गराएका थिए ।
इटालियन च्याम्पियन युभेन्टस तथा बोस्नियाका ३० वर्षे मिडफिल्डरलाई ६४ मिलियन युरोमा बार्सिलोनाले खरिद गरेको थियो । बार्सिलोनाले लगत्तै मिडफिल्डर आर्थर मेलोलाई झन्डै ७५ मिलियन युरोमा युभेन्टस पठाएको थियो । प्यानिच २०२३–२४ को सिजनसम्म बार्सिलोनामा रहनेछ ।
प्यानिचले यो सिजन युभेन्टसबाट सिरी ‘ए’ को उपाधि जित्न सफल भएका थिए । युभेन्टस कोपा इटालिया र सुपर कोपामा भने फाइनलमा पराजित हुँदै उपविजेता बन्न पुग्यो । युभेन्टस च्याम्पियन्स लिगमा राउन्ड अफ १६ मा फ्रेन्च क्लब लियोनसँग अवे गोलमा पछि पर्दै बाहिरिएको थियो ।
प्यानिचले युभेन्टसका लागि यो सिजन ४३ खेल खेल्दा तीन गोल र ८ असिस्ट दिएका थिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]