5 years ago
August 24, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना कप्तान तथा सुपर स्टार फरवार्ड लियोनेल मेस्सीले रिलिज क्लज तोकेको छ । सम्झौताको अन्तिम वर्षमा रहेपनि मेस्सीलाई क्लबको सहमतिबिना अनुबन्ध गर्न ७ सय मिलिय युरो तिर्नुपर्ने छ ।

स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोका अनुसार ७ सय मिलियन युरो (६३१ मिलियन पाउण्ड) तिर्न सफल भएमात्र बार्सिलोनाको अनुमति बेगर पनि मेस्सीले क्लब छाड्न पाउनेछन् । ६ पटकका बालोन डि योर विजेता अर्जेन्टिनी मेस्सीको बार्सिलोनासँगको सम्झौता २०२१ सम्म रहेको छ । तर क्लबले चाहेको खण्डमा यो रकममा दुई क्लबबीच सहमति हुन सक्नेछ ।
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउको भनाइ मान्ने हो भने क्लब कुनै हालतमा मेस्सीलाई जान दिने पक्षमा छैन । त्यसैले बार्सिलोनाले तोकेका मूल्य विश्व फुटबलमा कुनैपनि क्लबका लागि तिर्न सजिलो छैन । बार्सिलोनाले राखेको रिलिज क्लज २०१७ मा ब्राजिली नेयमारले पाएको विश्व कीर्तिमानी ट्रान्सफर रकमभन्दा तीन गुणा बढी हो ।
पछिल्लो पटक मेस्सीलाई अनुबन्ध गर्न इन्टर मिलान, म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) इच्छुक देखिएका छन् । यस्तैमा म्यानचेस्टर युनाइेटडले पनि चासो देखाएको छ । तर कुनैपनि क्लबले रिलिज क्लजको पूरा रकम तिर्ने सम्भावना छैन । विकल्पमा सबै क्लबले मेस्सीसँग व्यक्तिगत सम्झौता गरेर अर्को वर्ष फ्री ट्रान्सफरमा उनलाई अनुबन्ध गर्न सक्छन् ।

यता बार्सिलोनाले पनि मेस्सीले नयाँ सम्झौता नगरे उनलाई राम्रो रकममा बेचेर अन्य खेलाडीमा खर्च गर्न सक्छ । पछिल्लो समय क्लबसँग निराश रहेका ३३ वर्षीय मेस्सीको बार्सिलोनामा भविष्य शंकाको घेरामा छ । उनले सम्झौता नविकरणलाई लिएर भएको छलफल बिचमा नै रोक्न भनेका थिए ।
मेस्सीले यो सिजन नै बार्सिलोना छाड्ने चर्चा भएपनि उनले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैनन् । तर, क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँगको छलफलमा बार्सिलोनामा आफ्नो भविष्य नरहेको प्रष्ट पारेका छन् । उनी सम्भवत अर्को सिजन फ्री ट्रान्सफरमा अन्यत्र जानेछन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]