5 years ago
August 25, 2020
एजेन्सी – बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले टोलीका कप्तान लियोन मेस्सीसँग छलफल गरिसकेका छन् । कोम्यान मेस्सीलाई क्लबमै राख्नका लागि हरसम्भव प्रयास गर्ने पक्षमा देखिएका छन् ।

तर, टोलीका अर्का सफल खेलाडी लुइस स्वारेजका विषयमा भने कोम्यानको योजना फरक रहेको पाइएको छ । उनले उरुग्वेली भेट्रान फरवार्डलाई नयाँ सिजनका लागि आफ्नो योजनामा राख्न नसक्ने जानकारी दिएका छन् । मुख्यतः स्वारेजको बढ्दो उमेर र पछिल्लो समयको फिटनेसका कारण कोम्यानको रोजाईमा पर्न नसकेको देखिन्छ ।
पछिल्लो डेढ वर्षलाई हेर्ने हो भने उनी पटक पटक चोटबाट गुज्रेका छन् । कोम्यानले काटलान रेडियो आएएसी वानलाईमा बोल्दै आफूले फोनमा स्वारेजसँग कुरा गरेको र आफ्नो योजनमा उनी नरहेको जानकारी गराएको बताएका छन् ।
लिभरपुलका पूर्व स्टार स्वारेजको बार्सिलोनासँग अझै एक वर्ष सम्झौता रहेको छ । यदि उनले केहि निश्चित खेल खेलेको खण्डमा अर्को एक वर्ष थप्न सकिने सम्झौतामा उल्लेख छ । तर प्रशिक्षककै योजनामा नरहेपछि उनले अर्को सिजन बार्सिलोनाकै जर्सीमा खेल्ने शंका भने बढेको छ । उनलाई अनुबन्धन गर्न पूर्व क्लब आयाक्सले इच्छा व्यक्त गरेको छ ।

कोम्यानले क्लबको जिम्मेवारी सम्हालेपछि पहिलो ठूलो निर्णका रुपमा स्वारेजको विक्री हुन सक्ने अनुमान पनि गरिएको छ । बायर्न म्युनिखसँग च्याम्पियन्स लिग क्वार्टरफाइनलमा ८–२ को लज्जास्पदक हार पछि नै स्वारेजको भविष्य खतरामा रहेको अनुमान गरिएको थियो ।
स्वारेजले आफू वैकल्पिक खेलाडीका रुपमा भएपनि क्याम्प नोउमा बस्न चाहेको बताएका छन् । उनले आफ्नो स्थान सिद्ध पार्न मिहिनेत गर्ने बताउँदै आएका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]