5 years ago
August 25, 2020
एजेन्सी – ब्राजिल तथा क्याटलान क्लब बार्सिलोनाका पुर्वस्टार रोनाल्डिन्हो पाराग्वेको जेलबाट मुक्त भएको छन् । पाराग्वेका न्यायधिश गुस्ताभो अमरिल्लाले रोनाल्डिन्हो र उनका दाईलाई झन्डै पाँच महिनापछि जेलबाट मुक्त गरेका हुन् ।

नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेको आरोपमा रोनाल्डिन्हो र उनका दाई रोवर्टाे डि एसिस मोरेइरालाई पाराग्वे प्रहरीले एक होटेलबाट गत उनीहरुलाई गत मार्चमा पक्राउ गरेको थियो । यि दाजुभाईलाई पाराग्वे प्रहरीले एक महिनासम्म जेलमा र त्यसपछि चार महिना पाराग्वेको राजधानी असुनियनको एक होटलमा ‘हाउस एरेस्ट’ मा राखेको थियो ।
न्यायधिश गुस्ताभो अमरिल्लाका अनुसार ४० वर्षे भेट्रान मिडफिल्डर रोनाल्डिन्होले आफुले चाहेको जुनसुकै देशमा स्वतन्त्र रुपमा यात्रा गर्न पाउने भएपनि उनले आफ्नो स्थायी ठेगाना परिवर्तत गरेको खण्डमा सुसुचित गराउनुपर्नेछ ।

रोनाल्डिन्होले आफ्ना रिहाईका शर्तहरु स्वीकार गरेका छन् । जसमा ६९ हजार पाउन्ड जरिवाना समेत तोकिएको छ । उनका सहोदर दाई रोनाल्डिन्होको एजेन्ट पनि हुन् । यो जोडीले ब्राजिलमा प्रत्येक तीन महिनामा न्यायधिशसमक्ष रोनाल्डिन्हो एक वर्षसम्म र उनका दाई दुई वर्षसम्म पेश हुनु पर्नेछ ।
अमरिल्लाले सोमबार मुद्दा चलाउनु अघि उसको कुनै व्यक्तिगत विशेषता वा अपराधिक व्यवहार छ कि भनेर प्रश्न गरेका थिए । समाजलाई जोखिममा पार्छ भन्ने कुनै संकेत नरहेकोले उनीहरुलाई रिहा गरिएको हो ।
रोनाल्डिन्होले नक्कली पासपोर्टबारे थाहा नभएको बताएपछि अदालतले त्यसबारे सचेत गराएको छ । बालोन डि ओर विजेता रोनाल्डिन्हो पिछडिएका बच्चाहरुको समर्थनको एक कार्यक्रमको लागि पाराग्वे पुगेका थिए । तर, त्यसको दुई दिनपछि पाराग्वे प्रहरीले उनीहरुले नक्कली पासपोर्ट प्रयोग गरेर पाराग्वे छिरेको पत्ता लगाएपछि होटेलमा छापा मार्दै पक्राउ गरेको थियो ।
त्यसपछि रोनाल्डिन्होले आफ्नो ४०औं जन्मदिन पनि जेलमै मनाएका थिए । उनीहरुले चार महिनाभन्दा बढी समय राजधानीको सुविधासम्पन्न होटेलमा बिताएका थिए । होटेलमा हाउस एरेस्टको समयमा बाहिरबाट मोडल ल्याएर पार्टी गरेको भन्दै उनको आलोचना समेत भएको थियो ।
ब्राजिलले २००२ मा विश्वकप जित्दा टोलीका महत्वपुर्ण सदस्य रहेका रोनाल्डिन्होलाई सर्वश्रेष्ठ फुटबलरको रुपमा लिइन्छ । उनले १० वर्ष युरोपको बार्सिलोना, एसी मिलान र पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेलिसकेका छन् । उनले बार्सिलोनाबाट च्याम्पियन्स लिग र दुईपटक ला लिगा र मिलानबाट सिरी ‘ए’ जितेका छन् । ब्राजिल फर्किएपछि उनले एट्लेटिको मिनेइरोबाट दक्षिण अमेरिकी च्याम्पियनसिप कोपा लिबर्टाडोरससमेत जिते ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]