default_image

5 years ago

August 25, 2020

रोनाल्डोको कप्तानीमा पोर्चुगिज टिमको घोषणा

165 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगका लागि पोर्चुगलले आफ्नो स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

साविकको विजेता समेत रहेको पोर्चुगलले नेसन्स लिगमा क्रोएसिया र स्वीडेनसँग सेप्टेम्वर पहिलो साता प्रतिस्पर्धा गर्दैछ । पोर्चुगलले दुई खेलका लागि युरोपेली क्लब फुटबलमा प्रभाव जमाएका अधिकांश खेलाडीलाई समावेश गरेको छ ।

युभेन्टसका क्रिस्टियानो रोनाल्डो, म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेज, म्यानचेस्टर सिटीका बर्नाडो सिल्भा, बार्सिलोनाका नेल्सन सेमेडो, लिलका रेनाटो सान्चेज, एट्लेटिको मड्रिडका जोओओ फेलिक्सले फर्नान्डो सान्चेजको २५ सदस्यीय टोलीमा स्थान बनाएका छन् ।
यस्तै आन्द्रे सिल्भा, डिएगो जोटा, गोन्सालो गुइडेस, ट्रिनकाओ, डानिलो पेरेरा, आन्द्रे गोमेस, रुबेन नेभेस, जोआ माउटिन्हो, र सेर्गियो ओलिभिरा छन् । यस्तै डिफेन्समा पेपे, जोआ कान्सेलो, डोमिन्गोस डुआर्ट, जोसे फोन्टे, रुबेन डियास, मारियो रुइ र राफेल गुएरेरो तथा एन्थोनी लोपेज, रुइ प्याट्रिसियो र रुइ सिल्भा छन् ।

पोर्चुगलले पहिलो खेलमा क्रोएसियासँग सेप्टेम्बर ६ मा खेल्नेछ । यस्तै सेप्टेम्बर ९ मा स्विडेनको सामना गर्नेछ । गत वर्ष पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० ले हराएर पहिलो संस्करणको उपाधि जितेको थियो ।

पुर्ण टोली

गोलरक्षक – एन्थोनी लोपेज, रुइ प्याट्रिसियो र रुइ सिल्भा ।
डिफेन्डर – पेपे, जोआ कान्सेलो, नेल्सन सेमिडो, डोमिन्गोस डुआर्ट, जोसे फोन्टे, रुबेन डियास, मारियो रुइ र राफेल गुएरेरो
मिडफिल्ड – ब्रुनो फर्नान्डेस, डानिलो पेरेरा, आन्द्रे गोमेस, रुबेन नेभेस, जोआ माउटिन्हो, रेनाटो सान्चेज र सेर्गियो ओलिभिरा ।
फरवार्ड – क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, डिएगो जोटा, गोन्सालो गुइडेस, जोआओ फेलिक्स र ट्रिनकाओ छन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.