default_image

5 years ago

August 25, 2020

कस्तो हुन्छ अब पीएसजीको यात्रा?

145 views

0 Bookmark

एजेन्सी – इतिहासमै सफल प्रदर्शन गरेको पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि २०१९-२० को अन्त्य भने सुखद रहन सकेन । फ्रान्समा ४ वटा उपाधि जितेको पीएसजी च्याम्पियन्स लिगको इतिहासमा पहिलो पटक फाइनल पुगको थियो ।

झन्डै दशक यता १.२ बिलियन युरो खर्च गरेको पिएसजीले शनिबार लेन्सविरुद्ध खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ । नयाँ सिजनको सुरुवातसँगै केहि प्रश्न पनि छन् । गत सिजन क्लबको नेतृत्व गरेका कप्तान थियागो सिल्भाले क्लब छाडेका छन् । फरवार्ड एडिन्सन काभानीले त सम्झौता सकिएपछि च्याम्पियन्स लिगसम्म पनि बसेनन् ।

‘हामीले सम्भव सबै गर्यौं । तर त्यो हाम्रो पहिलो फाइनल थियो । बार्यन म्युखिनका टोली उच्च प्रदर्शन गर्यो’, आइतबार च्याम्पियन्स लिग फाइनलपछि क्लबका अध्यक्ष नासिर अल खलिफाले भने, ‘हामीले केहि पक्षमा झै निखार ल्याउन पर्नेछ । हामी फाइनल पुग्यौं, ४ वटा उपाधि जित्यो । त्यो भनेको खराब होइन ।’

प्रशिक्षक थोमस टुचेल आफ्नो भूमिकामा निरन्तर रहने पक्का छ । स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले पनि तत्काल क्लब छाड्ने सम्भावना नरहेको बताइएको छ । टुचेलसँगै टोलीका ब्राजिलियन सुपरस्टार नेयमार र केलियन एमबाप्पे क्लबमै रहने विश्वास पीएसजीलाई छ । नेयमार र एमबाप्पले टोलीका मुख्य हतियार हुन् ।

सुरुवाती केहि वर्ष पिएसजीमा भावनात्मक रुपमा एक हुन नसकेका ब्राजिलियन सुपरस्टार नेयमार अहिले निकै परिपक्क भएको मानिन्छ । यसपटक टोलीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउँदा नेयमारको भूमिका महत्वपूर्ण रहेको थियो । यो सिजनबाट उनको व्यवहारमा पनि परिवर्तन भएको मान्छिन् । जबकी गत वर्ष सम्म पनि उनी क्लब छाडेर पूर्व क्लब बार्सिलोना जान चाहिरहेका थिए ।

एमबाप्पले पनि अर्को सिजन पनि पिएसजीमै रहने प्रष्ट पारिसकेका छन् । यद्दपी सन् २०२२ सम्म सम्झौता रहेका उनले थप सम्झौताका लागि भने इच्छा देखाएका छैनन् । सिल्भा र कभानीसँगै म्युनिएरले पनि क्लब छाडेपछि पिएसजीले अब केहि खेलाडी अनुबन्ध गर्नेछ । टोलीमा डिफेन्डरको कमी रहेकाले बजारमा उपलब्ध खेलाडीमा पीएसजीको खर्च हुनेछ ।

आक्रमणमा माउरो इकार्डीसँग स्थायी सम्झौता भइसकेकोले पनि टुचेललाई खासै दबाब रहने छैन । मिडफिल्डमा पनि टोली सुदृढ नै छ । सिल्भाको विकल्पमा किम्पेम्बे र मार्किन्हस भएपनि त्यसपछि भने टोलीलाई अर्को विकल्पको खोजि हुनेछ । अर्को सिजन पनि च्याम्पियन्स लिग जित्ने हिसाबमै टोली निर्माण गर्ने अध्यक्ष खालिफाले प्रष्ट पारेका छन् ।

नयाँ सिजनमा पनि घरेलु प्रतियोगितासँगै च्याम्पियन्स लिगलाई लक्षित गरेर उच्च प्रदर्शनको प्रयास गर्नेछ । फ्रान्सेली लिग सुरु भइसकेको अवस्थामा खेलाडीले उचित विश्राम भने नपाउने भएका छन् । घरेलु लिगमा खासै दबाब नरहेकाले पनि टुचेलले केहि मुख्य खेलाडीलाई विश्राम दिन सक्छन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.