5 years ago
August 25, 2020
एजेन्सी – नयाँ सिजनका लागि प्रशिक्षण सुरु गर्नुअघि बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्डो कोम्यानले आफ्नो योजनामा रहेका खेलाडीका बारेमा प्रष्ट पार्न चाहेका छन् ।

डच प्रशिक्षक कोम्यानले फरवार्ड लुइस स्वारेजलाई फोन गरेरै आफ्नो योजनामा नरहेको सुनाएका थिए । कोम्यानले अर्का दक्षिण अमेरिकी खेलाडी आर्टुरो भिडाललाई पनि सोही सन्देश दिएका छन् । उरुग्वेली फरवार्ड र चिलियन मिडफिल्डलाई नयाँ क्लबमा जानका लागि कोम्यानले बाटो खुला गरिदिएका छन् ।
अबको केहि दिन भित्रमा कोम्यानले आफ्नो ड्रेसिङ रुपमा रहने खेलाडीका बारेमा प्रष्ट योजनासहित अघि बढ्ने अनुमान गरिएको छ । पछिल्लो समय उनले क्लबका सबै खेलाडीसँग सम्पर्क बढाएका छन् । उनले प्रशिक्षण सुरु गर्नुअघि नै योजनामा नरहेका खेलाडीलाई बिदा गर्न लागेका हुन् ।
बार्सिलोनाले टोलीलाई पूर्न संरचना गर्ने यसअघि नै बताइएको छ । त्यसैले प्रशिक्षक कोम्यानले खेलाडीको विषयमा छिटो निर्णय गरिरहेका छन् । स्वारेज र भिडाललाई अन्य क्लबले भित्राउन इच्छा देखाइसकेको पनि बताइएको छ । यद्दपी क्लबलाई आवश्यक खेलाडी भेटिएको खण्डमा उनीलाई सट्टा गर्ने विकल्पमा पनि टोली जान सक्ने सम्भावना छ ।

इभान राकटिकसँगै डिफेन्डरद्वय सामुइल उम्टिनी र जुनियर फिर्पो पनि कोम्यानको योजनामा नरहेको बताइएको छ । अन्य क्लबको बाटो रोज्दा बार्सिलोना र प्रशिक्षक खुसी हुने छन् भन्ने उनीहरुले पनि बुझिसकेको छन् । यद्दपी उनीहरु कोम्यानको योजना सुन्न कुरिरहेका छन् ।
त्यस्तै सर्जियो बुस्केटस, सर्जि रोर्बेटो र जेरार्ड पिकेले पनि नयाँ प्रशिक्षकको आफुहरुको बारेमा रहेको धारणा बुझ्न चाहिरहेका छन् । उनीहरु पनि लगभग विक्रीको सुचिमा राखिएको छ । यद्दपी त्यो विषयमा कसैले केहि बोलेको भने छैन । जोर्डी अल्बालाई भने कोम्यानले अर्को सिजन टोलीमा राख्न चाहेको अनुमान गरिएको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]