5 years ago
August 25, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको उपविजेता तथा अघिल्लो सिजनको फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) को नयाँ सिजनको लिग वानको पहिलो खेल स्थगित भएको छ ।

पीएसजीले लिग वानको तयारीको लागि नियमअनुसार १२ दिनको समय मागेपछि लिग आयोजकले पीएजसीको मागलाई सम्बोधन गर्दै खेल स्थगित गरेको हो । लिग च्याम्पियन पीएसजीले शनिबार राति लेन्ससँग नयाँ सिजनको पहिलो खेल खेल्ने तालिका थियो ।
पीएसजी आइतबार राति च्याम्पियन्स लिगको फाइनलमा जर्मन प्रतिद्वन्द्वीसँग १–० ले पराजित हुँदै उपविजेता बनेको थियो । पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको हो । नेयमार र एमबाप्पे जस्ता स्टार खेलाडीसहित फाइनलमा उत्रिएको पीएसजीको पहिलो फाइनलमा उपाधि जित्ने सपना पुरा हुन सकेन ।
स्थगित लिग खेल अब अन्तर्राष्ट्रिय ब्रेकपछि अर्थात सेप्टेम्वर १० हुने लिग आयोजकले जनाएको छ । पीएसजी च्याम्पियन्स लिगमा व्यस्त रहँदा पीएसजीविनै फ्रेन्च लिग वान गत सातादेखि सुरु भएको छ । पहिलो चरणको ७ खेल सम्पन्न भइसकेको छ ।
गत सिजनको लिग वान कोरोना महामारी पछि शुरु हुन नसक्दा १२ अंकको अग्रतामा रहेको पीएसजीलाई च्याम्पियन घोषणा गर्दै लिग वान स्थगित गरिएको थियो । तर, कोरोना पछि अन्य लिग (ला लिगा, प्रिमियर लिग, सिरी ‘ए’ र बुन्डेसलिगा) शुरु भएर सम्पन्न भएर प्रि–सिजनको तयारीमा रहँदा फ्रेन्च लिग वान भने शुरु भइसकेको हो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]