5 years ago
August 26, 2020
एजेन्सी – इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले ३ नयाँ खेलाडी समेट्दै नेसन्स लिगको लागि २४ सदस्यीय टोलीको घोषणा गरेका छन् ।

साउथगेटले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कप्तान तथा सेन्टर ब्याक ह्यारी मगाएरलाई सुरुवातमा घोषित टोलीमा समावेश गरेपनि पछि उनलाई ग्रीसको अदालतले सजाय सुनाएपछि उनको नाम फिर्ता भएको छ । ग्रीसको टापुमा भएको एक घटनामा मगाएर दोषी करार भएका हुन् । उनले बिहीबार र शुक्रबार हिरासतमा बिताएका थिए । उनलाई २१ महिना जेल सजाय सुनाइएको छ ।
प्रशिक्षक साउथगेटले उसेन बोल्टको ३४औं जन्मदिनको पार्टीमा गएका इंग्लिस क्लब म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङलाई पनि टोलीमा समेटेका छन् । बोल्टलाई मंगलबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । स्टर्लिङको भने कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आइसकेको छ ।
इंग्ल्यान्डले सेप्टेम्वरमा आइसल्यान्ड र डेनर्माकसँग प्रतिस्पर्धा गर्दैछ । प्रशिक्षक साउथगेटले फिल फोडेन, मेसन ग्रीनवुड र काल्भिन फिलिप्सलाई पहिलो पटक टोलीमा समावेश गरेका छन् । फोडेनले गत सिजन सिटीबाट ३८ खेलमा ८ गोल र ९ असिस्ट दिएका थिए भने म्यानचेस्टर युनाइटेडमा उत्कृष्ट प्रदर्शन गरेका १८ वर्षीय ग्रीनवुडले १७ गोल गरेका थिए ।

यस्तै लिड्स युनाइटेडलाई शीर्ष डिभिजनमा बढुवा गर्न महत्वपुर्ण भुमिका निभाएका काल्भिन फिलिप्सले पनि टोलीमा स्थान बनाएका छन् । यो सिजन प्रिमियर लिगमा गोल्डेन बुट जितेका जेमी भार्डी, लिभरपुलका जोर्डन हेन्डरसन, एलेक्स अक्सलेड चेम्वरलेन र जेम्स म्याडिसनले भने टोलीमा स्थान बनाउन सफल भएनन् ।
पुर्ण टोली :
गोलरक्षक : डिन हेन्डरसन, जोर्डन पिकफोर्ड, निक पोप
डिफेन्डर : ट्रेन्ट एलेक्सएन्डर आर्नाेल्ड, एरिक डाएर, जो गोमेज, माइकल किन, टाइरन मिङ्स, काइरान ट्रिपिएर, काइल वाल्कर
मिडफिल्डर : फिल फोडेन, मेसन माउन्ट, काल्भिन फिलिप्स, डेक्लन राइस, जेम्स वार्ड प्रोज, ह्यारी विङ्कस
फरवार्ड : ट्याम्मी अब्राहम, मासन ग्रीनवुड, ड्यानी इंग्स, ह्यारी केन, मार्कस रासफोर्ड, जेडन सान्चो र रहिम स्ट्रलिङ
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]