default_image

5 years ago

August 27, 2020

बार्सिलोनामा कोउटिन्होको भविष्य अनिश्चित

173 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानले सिजनको सुरुवातअघि नै ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्होको विषयमा पनि निर्णय लिनुपर्ने छ । ब्राजिलियन मिडफिल्डरको बायर्न म्युनिखसँगको लोन अवधि सकिएको छ ।

बायर्नले १ सय २० मिलियन खर्चेर उनलाई स्थायी रुपमा क्लबमा राख्ने अधिकार प्रयोग नगरेपछि अब उनी बार्सिलोना नै फर्कनेछन् । अब क्याप नोउ फर्केर उनले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यनसँग आफ्नो भविष्यका बारेमा छलफल गर्नुपर्नेछ । कोम्यानले पनि कुनै निर्णय गर्नुअघि पक्कै काउटिन्होको विचार बुझ्ने प्रयास गर्नेछन् ।

कोउटिन्होलाई कोम्यानले आफ्नो योजनामा नपारेको खण्डमा उनी प्रिमियर लिग फर्कने अनुमान पनि गरिएको छ । इंग्ल्यान्डमा रहँदा उनले योर्गन क्लोपको नेतृत्वमा लिभरपुलबाट उच्च प्रदर्शन गरेका थिए । क्लब फुटबलमा उनको उच्च प्रदर्शन लिभरपुलकै जर्सीमा रहेको छ ।

प्रिमियर लिगको आर्सनलले पनि उनका बारेमा चासो राख्दै आएको छ । कोउटिन्होका ब्राजिलियन एजेन्टसँगको राम्रो सम्बन्धका कारण त्यसको फाइदा आर्सनललाई पुग्न सक्ने अनुमान गरिएको छ । कोउटिन्हो र बार्सिलोनाका बीचमा हरेक वर्ष उनले पाउने १५ मिलयन युरो पारिश्रमिकको विषय कसरी टुंगाउने भन्ने विषयमा हुन सक्छ ।

कोभिड १९ का कारण उत्पन्न परिस्थितिका कारण थोरै क्लबले मात्र त्यस्तो खालको पारिश्रमिक दिन सक्ने अवस्था रहन्छ । त्यसअर्थ कोउटिन्होलाई क्लबमै राख्नुपर्ने बाध्यता बार्सिलोनाका लागि बोझ पनि बन्न सक्छ । कुनै क्लबले कोउटिन्होलाई किन्न चाहेको अवस्थामा क्याटलान क्लबले ८० मिलयन पाउन्डभन्दा कम रकम स्वीकार गर्ने अवस्था छैन ।

कोउटिन्हो बार्यनमा जानुलाई भने कतिपयले सहि कदम भएको छन् । अरु कुनै विकल्प नदेखिएको खण्डमा बार्सिलोनाका प्रशिक्षक कोम्यान बाज्रिलियन अन्तर्राष्ट्रियको उपस्थितिलाई सुखद मान्ने सम्भावना छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.