5 years ago
August 26, 2020
एजेन्सी – खेलको अन्त्यतिर रियन ब्रेस्टरले दुई गोल गरेपछि प्रिमियर लिग च्याम्पियन लिभरपुल प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा अष्ट्रियन क्लब रेडबुल साल्जबर्गसँगको हारबाट जोगिएको छ ।

मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले साल्जबर्गसँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु टोलीसँग ७१औं मिनेटसम्म २–० ले पछि परेको लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै बराबरी गरेको हो ।
रेडबुल एरिनामा खेलको तेस्रो मिनेटमा पाट्सन डाकाको गोलबाट साल्जबर्गले सुरुवाती अग्रता बनाएको थियो । १३औं मिनेटमा पाट्सनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए ।
पहिलो हाफमा नै २–० ले पछि परेको लिभरपुलले बल पोजेसनमा पकड बनाएपनि साल्जबर्गको बलियो रक्षापङ्ति तोड्न हम्मे–हम्मे परेको थियो । तर, खेलको अन्त्यतिर युवा फरवार्ड रियन ब्रेस्टर चम्किएपछि लिभरपुल हारबाट जोगियो । ७२औं मिनेटमा ब्रेस्टरले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने संकेत दिए ।
८१ औं मिनेटमा ब्रेस्टरले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई हारबाट जोगाए । नयाँ सिजनको सुरुवात अघि लिभरपुल प्रि–सिजन तयारीका लागि अष्ट्रियामा रहेको छ । प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १९ बाट सुरु हुनेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]