5 years ago
August 26, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लाेले क्लबका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले यो सिजनको समरमा क्लब छाड्ने पक्का भएको जानकारी दिएका छन् ।

दुई साताअघि युभेन्टसको प्रशिक्षक बनेका ४१ वर्षे पिर्लोले आफ्नो पहिलो पत्रकार सम्मेलनमा हिगुआइनले क्लब छाड्ने र अर्का अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला क्लबमै रहेको स्पष्ट पारेका हुन् । पिर्लोले हिगुआइनसँग व्यक्तिगत रुपमा भेटेर नै आफ्नो निर्णयबारे जानकारी दिएको बताएका हुन् ।
‘उनी च्याम्पियन र महान् खेलाडी हुन् । तर, यहाँ उनको समय सकिएको छ । हामीले एक अर्काबीच छलफल गर्यौ र निर्णय लियौं । म उनलाई धेरै सम्मान गर्छु । तर, हामीले अलग हुने निर्णय लिएका छौ,’ पिर्लाेले पत्रकार सम्मेलनमा भने ।
युभेन्ट्सका तेस्रा महँगा खेलाडी हिगुआइन २०१६ मा इटालियन क्लब नेपोलीबाट ७५ मिलियन पाउन्डमा युभेन्टस पुगेका थिए । स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व खेलाडी समेत रहेका हिगुआइनले लोनमा इंग्लिस क्लब चेल्सी र इटालियन क्लब एसी मिलानबाट समेत खेलिसकेका छन् । हिगुआइनले युभेन्ट्सका लागि १ सय ४९ खेलमा ६६ गोल गरेका छन् ।

पिर्लोले डिबालालाई सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको पार्टनरको रुपमा राख्न चाहेका छन् । ‘ड्याबाला बजारमा उपलब्ध हुने छैनन् । उनी मेरो लागि महत्वपूर्ण खेलाडी हुन् । उनी जति सक्दो चाँडो फर्कनेछन् । उनी क्लबको योजनाको अंश हुन्,’ पिर्लोले भने ।
पिर्लोले आफू सहि समयमा क्लबको प्रशिक्षक बनेको समेत जनाएका छन् । ‘मैले निर्णय लिनुअघि सोच्ने समय पाइन । सबै यति चाडो भयो की मैले हुन्छ भनिहालें । मैले यो निर्णय गर्नुको कारण म आफूलाई यो ठाउँमा ठिक देखेर हो.’ उनले भने ।
खेलाडीको रुपमा युभेन्टसका लागि ४ पटक लिग जितेका पिर्लो जुलाईको अन्त्यमा यू-२३ टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए । तर त्यसको एक साता नबित्दै उनलाई सिनियर टोलीको जिम्मेवारी दिइयो । च्याम्पियन्स लिगमा लियोनसँग पराजित भएपछि क्लबले माउरिजियो सार्रीलाई निकालेको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]