default_image

5 years ago

August 26, 2020

मेस्सीलाई अनुबन्ध गर्नसक्ने ३ क्लब

177 views

0 Bookmark

एजेन्सी – सुपरस्टार लियोन मेस्सीले बार्सिलोना छाड्ने औपचारिक रुपमा कदम चालेसँगै अब उनी कहाँ जान्छन् भन्ने सर्वत्र चर्चा छ । बार्सिलोना छाडेपछि स्पेनकै अर्को क्लब जाने नदेखिएको उनले युरोपमै खेल्ने सम्भावना प्रबल छ ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोनाले बायर्न म्युनिखसँग ८–२ लज्जास्पद हार बेहोरेपछि मेस्सीले क्लब छाड्न सक्ने सम्भावनाका बारेमा अड्कलबाजी हुन थालेको थियो । क्लबसँगको सम्झौता सन् २०२१ को जुनसम्म रहेपनि मेस्सीले क्लबलाई सम्झौता रद्द गर्न पत्र पठाएका छन् ।

सम्झौता अनुसार मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरो रहेको छ । तर मेस्सीले कोरोनाका कारण सिजन लम्बिएका कारण यसअघि आफ्नो सम्झौतामा रहेको फुकुवा हुन पाउने सर्त प्रयोग गर्न नपाएको इंगित गर्दै क्लबलाई पत्र बुझाएका हुन् । क्लबका नयाँ प्रशिक्षक कोम्यानसँग छलफलपछि मेस्सीले क्लब छोड्नु उचित रहने निर्णय गरेका हुन् ।

बार्सिलोनामा नै आफ्नो व्यवसायिक खेल जीवन अघि बढाएका मेस्सीलाई भित्राउन सक्ने युरोपमा मुख्यत तीन क्लब रहेका छन् ।

इन्टर मिलान

इटालियन क्लब पहिलाबाट नै अर्जेन्टिनी सुपर ्टारलाई लिन चाहिरहेको थियो । यदि मेस्सी आउनका लागि तयार भए भने इन्टरले २ सय ६० मिलियन युरो सम्म खर्च गर्न तयार रहेको बताइएको छ । चिनिया मालिक रहेको क्लबले मेस्सीलाई धेरै अघिदेखि आफ्नो नजरमा राखेको थियो ।

यदि उनी इटाली पुगे भने फेरि एक पटक युभेन्ट्सका रोनाल्डोसँगको रोमाञ्चक प्रतिस्पर्धा हेर्न पाइनेछ । विगतमा एल क्लासिको जस्तो इटालियन डर्बी पनि रोमाञ्चक हुने अपेक्षा हुनेछ । मेस्सीका पिताले मिलानको पोर्टो नुउभामा घर किनिसकेका छन् । त्यसबाट पनि मेस्सी इटाली जाने सम्भावना रहेको बताइएको छ ।

म्यानचेस्टर सिटी

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकै कारण मेस्सी त्यहाँ जान सक्ने सम्भावना रहेको छ । मेस्सी र ग्वार्डिओलाबीच बार्सिलोनामा रहँदा राम्रो सम्बन्ध रहेको थियो । त्यति बेला बार्सिलोनाले निकै सफलता प्राप्त गरेको थियो । क्लबमा रहेका अन्य स्टाफ पनि मेस्सीसँग काम गरिसकेकाले उनलाई केहि सहज हुने अनुमान गरिएको छ ।

मेस्सीलाई लिन सक्ने बलियो आर्थिक अवस्था भएको क्लब मध्ये सिटी पनि एक हो । च्याम्पियन्स लिगको खराब प्रदर्शनबाट मेस्सी झन बढी दिक्क भएको र क्लब छाड्न चाहेको बताइएको छ । मेस्सीका मिल्ने साथी सर्जियो अगुएरो पनि त्यहि रहेकाले उनी जान सक्ने अर्को कारण हो ।

पेरिस सेन्ट जर्मेन (पिएसजी)

मेस्सीलाई लिन सक्ने अर्को क्लबमध्ये पिएसजी पनि हो । नेयमार, केलियन एमबाप्पले जस्ता स्टारहरु पिएसजीमा रहेकाले मेस्सी जाँदा टोली झन् बलियो हुन सक्नेछ । च्याम्पियन्स लिग जित्ने अभियानमा अघि बढेको क्लब यसपटक फाइनलमा चुकेको थियो । यसले पनि क्लबलाई अझ बलियो बनाउन हौसला पुगेको छ ।

बार्सिलोनामा नेयमार रहँदा उनीहरुबीच राम्रो साझेदारी हुने गरेको थियो । नेयमारले २०१७ मा बार्सिलोना छाडेदेखि नै मेस्सीलाई उनलाई पुनः फर्काउनु पर्छ भन्ने पक्षमा थिए । नेयमारलाई क्लबमा पुनः फर्काउन नसक्दा त्यसमा पनि मेस्सी निराश थिए ।

यो पनि नछुटाउनुहोस् : यस्तो छ मेस्सीले बार्सिलोनालाई पठाएको पत्र

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.