5 years ago
August 26, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड यूईएफए युथ लिग च्याम्पियन बनेको छ । मंगलबार राति नियोनमा भएको फाइनलमा बलियो पोर्चुगिज क्लब बेन्फिकामाथि ३–२ को कठिन जित निकाल्दै म्याड्रिड पहिलोपटक युथ लिग च्याम्पियन बनेको हो ।

क्लबका पूर्व फरवार्ड राउल गोन्जालेजको प्रशिक्षणमा रहेको टोलीका लागि रोड्रिग्वेज र गुइटिरेजले गोल गर्दा एक गोल उपहार पाएको थियो । बेन्फिकाको लागि गोन्कालो रामोसले दुई गोल गरेपनि हार टार्न सकेन । २६औं मिनेटमा रोड्रिग्वेजको गोलबाट रियलले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा हेनरिक जोकुले आत्मघाती गोल गरेपछि रियलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।
४९औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै बेन्फिकालाई खेलमा फर्काए । तर, त्यसो एक मिनेटपछि नै गुइटिरेजले गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए । ५७औं मिनेटमा गोन्कालोले अर्काे गोल थप्दै खेललाई ३–२ को स्थितिमा ल्याए ।
६८औं मिनेटमा बेन्फिकाले पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएपनि टियागो डान्टसको पेनाल्टीलाई रियल म्याड्रिडका गोलरक्षक लुइस लोपेजले बचाउदै बराबरी टारे । त्यसपछि थप गोल निस्कन नसक्दा रियल ३–२ ले विजयी हुन सफल भयो ।
बेन्फिका तीन संस्करणमा फाइनलमा पुगेपनि उपाधि जित्नबाट बञ्चित बन्यो । बेन्फिका पहिलो संस्करणमा बार्सिलोना र चौथो संस्करणमा रेडबुल साल्जवर्गसँग पराजित भएको थियो । युइएफएले प्रि–क्वाटरफाइनलको दुई खेलदेखि सबै खेल स्वीट्जरल्यान्डको नियोनमा १६ देखि २५ अगस्टसम्म क्लोज डोरमा आयोजना गरेको थियो ।
युइएफएले युवा खेलाडी उत्पादनको परियोजनालाई ध्यानमा राख्दै २०१३ बाट युथ लिगको अवधारणा अघि सारेको थियो । युथ लिग बार्सिलोना र चेल्सीले समान दुईपटक जितेका छन् । साल्जबर्ग र पोर्टाेले समान एकपटक जितेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]