5 years ago
August 26, 2020
एजेन्सी – इन्टर मिलानका अर्जेन्टिनी फरवार्ड लाउटारो मार्टिनेज अब बार्सिलोनाले भित्राउन चाहेका मुख्य खेलाडी हुन सक्नेछन् । काटलान क्लब यसअघि नै मार्टिनेजसँगको सम्झौताको नजिक पुगेको थियो । तर, सम्झौता भने हुन सकेन ।

बार्सिलोनाबाट लुइस स्वारेज बाहिरिने निश्चित भएपछि अर्जेन्टिनी स्टार बार्सिलोनाको रोजाईमा रहने विश्वास गरिएको छ । बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानपले उरुग्वेली फरवार्ड स्वारेजलाई उनी आफ्नो योजनामा नरहेको प्रष्ट पारेका थिए ।
बार्सिलोनाका लागि मार्टिनेजलाई भित्राउनका लागि मुख्य समस्या भने आर्थिक कारण रहन सक्छ । उनलाई क्लबमा भित्राउनु अनेको अहिलेको खर्चमा अझै बढाउनु हो । तर, स्वारेजलाई दिदै आएको १६ मिलयन युरो पारिश्रमिक घट्दा त्यसले क्लबलाई केहि सहज हुन सक्छ । यता मेस्सीको बहिर्गमनले क्लबलाई अर्को झट्का पुगेको छ ।
अर्कोतर्फ स्वारेजको विक्रीबाट केहि आम्दानी हुने सम्भावनाले मार्टिनेजका लागि खर्च गर्न क्लबलाई सजिलो पर्न सक्छ । पछिल्लो छलफल अनुसार बार्सिलोनाले मार्टिनेजका लागि ७० मिलयन युरोको प्रस्ताव गरेको बताइएको छ । तर, इन्टरले भने ८५ मिलियन युरो माग गरेको छ । मेस्सीलाई अनुबन्ध गर्न इन्टरले पनि इच्छा देखाएकाले मार्टिनेजसहितको प्रस्तावको सम्भावना पनि रहेको छ ।

स्वारेज टोलीमा नहुनुको अर्थ मार्टिनेजले पहिलो रोजाईमा खेल्ने सम्भावना पनि रहन्छ । उनी आउँदा कोम्यानका लागि विकल्प अझै बढ्नेछन् । उनलाई पक्का स्वारेजको विकल्पको रुपमा हेरिनेछ ।
बार्सिलोनाको प्रि सिजन अर्को साताबाट सुरु हुनेछ । यद्दपी अहिले नै मार्टिनेज बार्सिलोनामा आबद्ध भइहाल्ने छैन । तर, केहि सातामा उनको विषयमा केहि टुंगो लाग्ने सम्भावना छ । त्यसअघि बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको अवस्थाबारे पनि प्रष्ट हुन जरुरि छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]