default_image

5 years ago

August 27, 2020

पेड्रो रोमामा अनुबन्धित

110 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब एएस रोमाले स्पेनिस विंगर पेड्रोसँग तीन वर्षको सम्झौता गरेको छ । सिजन सकिए लगत्तै लण्डन क्लब चेल्सी छाडेका पेड्रोलाई रोमाले तीन वर्षका लागि अनुबन्धन गरेको हो ।

उनी फ्रि–ट्रान्सफरमार्फत रोमामा आबद्ध भएका हुन् । रोमाले मंगलबार समर ट्रान्सफरको पहिलो खेलाडीको रुपमा पेड्रोलाई सार्वजनिक गरेको हो । पेड्रोले यो महिनाको सुरुवातमै आफुले चेल्सी छाड्ने घोषणा गरेका थिए ।

‘रोमा आउन पाउँदा निकै खुशी छु । नयाँ चुनौतीलाई लिएर निकै उत्सुक छु । तर, आउने सिजनको क्लबको लक्ष्य पुरा गर्नेछु ।’ पेड्रोले भने, ‘म समर्थकलाई धन्यवाद दिन चाहन्छु । जसले मलाई स्वागत गरे । आशा गर्छु, म नि उनीहरुलाई खुसी पार्नेछु ।’

रोमाका कार्यकारी अधिकृत गुइडो फिएन्गाले स्टाडियो ओलम्पिकोको शानदार संग्रहमा पेड्रो जोडिएको हेर्न चाहेको बताए । ‘हाम्रो लागि यो सौभाग्यको कुरा हो, रोमा परिवारका लागि पेड्रो जस्ता क्षमताको खेलाडी स्वागत गर्नका लागि समक्ष भएका छौ,’ उनले भने ।

पेड्रोले आफ्नो फुटबल करियरमा २५ मुख्य उपाधि जितेका छन् । जसमा विश्वकप, युरो कप र च्याम्पियन्स लिग समेत समावेश छन् । स्टामफोर्ड ब्रिजमा ५ बर्ष बिताएका उनले मुख्य तीन उपाधि जितेका छन् । उनको चेल्सीका लागि पछिल्लो समयको खेल सुखद रहेन ।

एफए कपको फाइनलमा चेल्सी पराजित भएको खेलमा पेड्रोले चोट बोक्दै मैदान बाहिरिएका थिए । लगत्तै उनको शल्यक्रिया गरिएको थियो । उनले चोटका कारण सिरि एका सुरुवाती केही खेल गुमाउनेछन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.