5 years ago
August 27, 2020
एजेन्सी – बार्सिलोना छाड्ने मनसाय बनाएका लियोनल मेस्सीका लागि पेरिस सेन्ट जर्मेन (पिएसजी) सम्भावित गन्तव्य मध्ये एक क्लबका रुपमा हेरिएको थियो । तर, सुपरस्टार मेस्सी फ्रान्सको राजधानी जाने सम्भावना भने निकै कम छ ।

कारण लिग वन टोलीको मेस्सीलाई लिने त्यस्तो कुनै योजना देखिएको छैन । मेस्सीलाई लिन इच्छुक देखिएका भनिएका इन्टर मिलान र म्यानचेस्टर सिटीको भन्दा पिएसजीको कथा फरक छ । ३३ वर्षे मेस्सीका लागि पिएसजीले लगानी गर्न खासै इच्छा देखाएको छैन ।
नेयमार र केलियन एमबाप्पे जस्ता खेलाडी क्लबमा रहेका कारणले अर्का महंगा खेलाडी मेस्सीलाई भित्राउनु क्लबका लागि थप आर्थिक भार हुनेछ । हाल मेस्सीको तलब नै नेयमार र एमबाप्पेको समग्र तलबभन्दा बढी हुन आउँछ । माउरो इकार्डीले पनि टोलीमा स्थायी सम्झौता गरेका कारण मेस्सीको आगमन सम्भव हुने देखिदैन ।
टोलीको आवश्यकता अनुसार पिएसजीले एक राइट ब्याक, एक सेन्टर ब्याक र एक मिडफिल्डर भित्राउन सम्भावना रहेको छ । मेस्सीका लागि ठूलो खर्च गर्नु भन्दा गतवर्ष आन्दर हरेरा जस्ता खेलाडीका लागि लगायनी गर्नु उपयुक्त देखिएको छ । यो सिजन इकार्डीलाई भित्राउन पिएसजीले ५० मिलियन युरो खर्च गरिसकेको छ ।

इन्डिन्सन काभानी र थिएगो सिल्भालाई बेच्दा पिएसजीले तलबतर्फ केहि राहत मिलेको छ जसले नयाँ खेलाडीका लागि खर्च गर्ने ठाउँ देखिन्छ । तर त्यसको अर्थ टोलीले अर्का सुपरस्टारका लागि लगानी गर्ने अवस्था भने छैन । कोरोना महमारीका कारण क्लबहरुको आर्थिक अवस्थामा पनि असर परेको छ ।
यदि मेस्सीलाई भित्राउन सकेको खण्डमा भने पिएसजी प्रशिक्षक थोमस टुचेल भने खुसी हुन सक्छन् । एमबाप्पे, मेस्सी, नेयमार, एन्जेल डि मारिया इकार्डी जस्ता खेलाडी एकै पटक खेल्दा टोलीले अझै सफलताको आशा राख्न सक्छ । यो सिजन ४ उपाधि जितेको पिएसजी पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको थियो ।
नेयमार फेरि एकपटक अर्जेन्टिनी स्टारसँग खेल्न इच्छुक त होलान् तर अहिले नै चलेको हल्ला जस्तो मेस्सी पिएसजी आउने सम्भावना नरहेको उनले बुझेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]