5 years ago
August 27, 2020
एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीबीच कुराकानी भएको चर्चा चलेको छ । आफूले क्लब छाड्न चाहेको पत्र पठाएको अघिल्लो दिन सोमबार मेस्सी र ग्वार्डिओलाबीच छलफल भएको बताइएको छ ।

मेस्सीले बार्सिलोना छाड्न चाहेको समाचारले मंगलबार निकै चर्चा पाएको थियो । पछिल्लो समय असन्तुष्ट रहँदै आएका मेस्सी झन्डै दुई दशक लामो सम्बन्ध अन्त्य गर्ने मनस्थितिमा पुगेका छन् । ग्वार्डिओलाले बार्सिलोनाको अवस्थाका बारेमा जान्नका लागि मेस्सीसँग कुरा गरेको बताइएको छ । आफ्ना पूर्व प्रशिक्षक समेत रहेका ग्वार्डिओलासँग मेस्सीको सम्बन्ध राम्रो रहेको बताइन्छ ।
ग्वार्डिओलाको नेतृत्वमा बार्सिलोनाले उच्च प्रदर्शन गरेको थियो । यो सिजन भने बार्सिलोनाका लागि बिर्सनलायक रह्यो । लामो समयपछि बार्सिलोना पहिलो पटक सिजनमा उपाधि विहिन भएको छ । ला लिगामा दोस्रो भएको बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्यन म्युखिनसँग ८–२ ले पराजित भएको थियो ।
त्यसपछि बाटै मेस्सीले यो सिजनको अन्त्यपछि क्लब छाड्न सक्ने आँकलन गरिएको थियो । उनको क्लबसँग सम्झौता भने अर्को वर्ष सम्म रहेको छ । यद्यपि मेस्सीलाई भित्राउन सकेको खण्डमा ग्वार्डिओला खुसी हुनेछन् । उनले यसअघि पनि मेस्सी भित्र्याउने सम्भावनाबारे प्रश्न गर्दा मेस्सीले बार्सिलोना नछाड्ने भएकाले त्यसबारे सोच्न नसकिने बताएका थिए ।
सिटी मेस्सीलाई खरिद गर्न ३ सय मिलियन युरो सम्म खर्च गर्न तयार हुने बुझिएको छ । सिटीसँगै इन्टर मिलन, पेरिस सेन्ट जर्मेन जस्ता केहि क्लब मेस्सीलाई बार्षिक ५० मिलयन युरो पारिश्रमिक दिन सक्षम छन् । तर सिटीले बार्सिलोनाको नजरमा रहेका एरिक गार्सिया, एन्जेलिनो लगायत खेलाडीसहितको प्रस्ताव अगाडि बढाउन सक्छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]