default_image

5 years ago

August 27, 2020

चिलवेल चेल्सीमा अनुबन्धित

129 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीले प्रिमियर लिग क्लब लेस्टर सिटीका इंग्लिस डिफेन्डर बेन चिलवेललाई अनुबन्ध गरेको छ । चेल्सीले २३ वर्षीय लेफ्टब्याक ५० मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गरेको हो ।

चिलवेलले लेस्टरसँगको ११ बर्षको बसाईलाई अन्त्य गर्दै चेल्सी आएका हुन् । उनलाई अनुबन्ध गर्नको लागि म्यानचेस्टर सिटीले पनि चासो देखाएको थियो । उनी २००९ मा लेस्टर सिटीमा आबद्ध भएका थिए ।

सन् २०२५ सम्म चेल्सीमा रहने चिलवेलले प्रतिसाता १ लाख ९० हजार पाउन्ड प्राप्त गर्नेछन् । खेलाडी अनुबन्धमा आक्रमक देखिएको चेल्सीले यसअघि दुई खेलाडी हाकिम जिएक र टिमो वेर्नरलाई क्लबमा भित्र्याइसकेको छ ।

यसअघि दुई पटक खेलाडी ट्रान्सफरमा प्रतिबन्ध भोगेको चेल्सीले यो समरमा खेलाडी अनुबन्धको लागि खुलेर खर्च गरिरहेको छ । चिलवेल, वेर्नर र जिएकको लागि १३६ मिलियन पाउन्ड खर्च गरिसकेको छ । चेल्सी जर्मनीका काई हाभर्टज र ब्राजिलका थियागो सिल्भालाई अनुबन्ध नजिक छ ।

‘क्लबका लागि यस रोमाञ्चक समयमा जोडिन पाउँदा खुसी छु । फ्रान्क लाम्पार्डको नेतृत्वमा यस युवा र प्रतिभाशाली टिमको हिस्सा बन्नका लागि उत्सुक थिएँ । हामी अर्को सिजन यस सम्मानका लागि चुनौती दिनेछौं,’ सम्झौतपछि चिलवेलले भनेका छन् ।

चेल्सीकी निर्देशक मरिना ग्रानोब्सकियाले आउने सिजनका लागि तेस्रो अनुबन्धन पुरा गर्न पाउँदा निकै खुसी रहेको र बेन आफ्नो छोटो उमेरमा प्रिमियर लिग, च्याम्पियन्स लिग र अन्तराष्ट्रिय स्तरमा खेल्ने शीर्ष स्तरको अनुभव प्राप्त गरिसकेका खेलाडीको रुपमा रहेको बताइन् ।

चिलवेलले लेस्टरका लागि १ सय २३ खेलमा ४ गोल समेत गरेका छन् । उनले इंग्ल्यान्डका लागि ११ क्याप जितेका छन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.