5 years ago
August 27, 2020
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व फरवार्ड एडिन्सन काभानीले इटालियन च्याम्पियन युभेन्टसको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

रिपोर्टअनुसार पूर्व क्लब नेपोलीप्रतिको वफादारी र स्न्नेहका कारण ३३ वर्षे काभानीले युभेन्टसको प्रस्तावलाई अस्वीकार गरेको बुझिएको छ । स्काई स्पोर्ट्स इटालियाको दावीअनुसार काभानीले टुरिनमा आन्द्रे पिर्लाेको टिम पुनर्निर्माणको हिस्सा बन्ने अवसरलाई खारेज गरिसकेको र अन्य क्लबको खोजीमा रहेको उल्लेख गरेको छ ।
काभानीलाई अनुबन्ध गर्नको लागि पोर्चुगिज क्लब बेन्फिकाले प्रयास गरेपनि महँगो रकमका कारण यो सफल हुन सकेको थिएन । काभानीले बेन्फिकासँग वार्षिक ८.८ मिलियन डलरमा तीन वर्षको सम्झौता माग गरेपछि बेन्फिका पछि हटेको हो ।

यसबीचमा स्पेनिस महारथी रियल म्याड्रिडले फ्रि एजेन्ट काभानीलाई अनुबन्ध गर्ने योजना बनाएको छ । रियलले आश्चर्यचकित रुपमा काभानी अनुबन्ध गर्ने योजना अघि सारेको हो । रियलले यो सिजन कुनै पनि नयाँ खेलाडी अनुबन्ध नगर्ने बताइरहँदा ट्रान्सफर रकम खर्च गर्न नपर्ने हुनाले अनुबन्ध गर्ने सम्भावना छ ।
रियल म्याड्रिडले ३३ वर्षे फरवार्ड अनुबन्ध गर्नको लागि लुका जोभिक र मारियानो डियाजलाई बेच्नुपर्ने गाजेट्टा डेल स्पोर्ट्सले उल्लेख गरेको छ । जोभिक र डियाजले प्रशिक्षक जिनेदिन जिदानको मन जित्न सकेका छैनन् । त्यसैले पनि रियलले यि दुई खेलाडी बेचेर काभनी अनुबन्ध गर्न सक्नेछ ।

रियलका पदाधिकारीसँगको भेटमा काभनी जनवरीमै आउन सहमत भएपनि पीएसजीले सोचेभन्दा बढी रकम माग गरेपछि सरुवा सफल हुन सकेको थिएन । पीएसजीले काभानीको लागि २७ मिलियन अर्थात ३० मिलियन युरो माग गरेको थियो । जुन रियलले सोचेभन्दा बढी रकम थियो । स्पेनिस पत्रिका मार्काका अनुसार काभानी रियल आउन उत्साहित थिए ।
काभनीले यो सिजनको अन्त्यसँगै पीएसजीसँग सम्झौता समाप्त भएपछि क्लब छाड्ने घोषणा गरेका थिए । काभानीलाई अनुबन्ध गर्न रियल मात्र होइन युरोपका अन्य ठुला क्लबले पनि चासो देखाएका छन् । प्रिमियर लिगमा भर्खरै बढुवा भएको लिड्स युनाइटेडले पनि नाम चलेका खेलाडी भित्र्याउने महत्वाकाङ्क्षी योजना अघि सार्दा काभानी पनि त्यो सुचीमा छन् ।
उरुग्वेली क्लब डानुवियोबाट व्यवसायिक खेल करियर शुरु गरेका काभानीले इटालियन क्लब पालेर्माेबाट पनि खेलेका थिए । काभानी पालेर्माेबाट २०१० मा नेपोली पुगेका थिए । त्यसपछि उनी २०१३ मा पीएसजी पुगेका थिए ।
काभानीले पीएसजीका लागि ३०१ खेलमा २०० गोल तथा इटालियन क्ल नेपोलीका लागि १३८ खेलमा १०४ गोल गरे । २००८ देखि उरुग्वेको टोलीमा रहेको काभनीले ११६ खेलमा ५० गोल पुरा गरेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]