default_image

5 years ago

August 27, 2020

मेस्सीको यात्रामा सर्वत्र चासो

211 views

0 Bookmark

एजेन्सी – फुटबल जगतमा अहिले एउटा प्रश्न धेरैको मनमा छ । सुपर स्टार लियोन मेस्सीले बार्सिलोना छाडे भने अब कहाँबाट खेल्नेछन् ।

जब उनले मंगलबार क्लबलाई पत्र लेख्दै क्लब छाड्न चाहेको जानकारी गराएपछि त्यसपछि थुप्रै क्लबले उनीलाई भित्राउ न चाहेको चर्चा सुरु भएको छ । अहिलेको अवस्थामा उनका लागि सबैभन्दा उपयुक्त क्लबका रुपमा प्रिमियर लिग टोली म्यानचेस्टर सिटी मानिएको छ । क्लबलाई पत्र लेख्नुअघि मेस्सी र सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाबीच कुराकानीबीच कुरा भएको सार्वजनिक भइसकेको छ ।

मेस्सीसँग केहि वर्षसँगै काम गरेका कारण ग्वार्डिओलाले प्रशिक्षण दिइरहेको क्लब उनको रोजाईमा पर्न सक्ने अनुमान गरिएको छ । ग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक रहँदा टोलीले निकै सफलता प्राप्त गरेको थियो ।

त्यसअर्थ पूर्व प्रशिक्षक र अर्जेन्टिनी फुटबल टोलीका सहकर्मी सर्जियो अगुएरोसँग सहकार्य गर्न पाउने भएकोले पनि मेस्सीका लागि सिटी राम्रो विकल्प हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै पेरिस सेन्ट जर्मेन (पिएसजी), इन्टर, म्यानचेस्टर युनाइटेड र न्यूवेल्स ओल्ड ब्वाइजले मेस्सीमाथि चासो देखाएको छ । न्यूवेल्स मेस्सीले फुटबल सिकेको क्लब हो ।

नेयमार र अर्जेन्टिनाकै एन्जल डि मारिया भएका कारण पिएसजी मेस्सीका लागि उपयुक्त गन्तव्य हुन सक्छ । तर, यसै पनि ठूलो खर्च बेहोरिरिहेको क्लबले मेस्सीलाई लिने जोखिम उठाउनेमा शंका छ ।
इन्टरले इच्छा देखाएपछि सिटी र पिएसजीले जस्तो मेस्सीका लागि खर्च गर्ने क्षमता टोलीमा देखिन्न ।

अर्को म्यानचेेेस्टर युनाइटेड पनि मेस्सीका लागि विकल्प हुन सक्छ । तर युनाइटेडले धेरै गम्भिर भएर यो विषयमा हेरेको देखिन्न । अर्को अहिले नै उनी अर्जेन्टिजा फर्कने सम्भावना पनि कम छ ।

त्यसैले सिटी मेस्सीलाई लिने हकमा सबै भन्दा अगाडि हुन सक्छ । तर, मेस्सीलाई बेच्न बार्सिलोना तयार हुन्छ हुँदैन भन्ने अझै प्रष्ट भएको छैन । बार्सिलोना अहिले पनि मेस्सीलाई क्लबमै राख्न प्रयासरत रहेको क्लबका खेलकुद निर्देशकले बुधबार पत्रकार सम्मेलनमा प्रष्ट पारेका थिए ।

मेस्सी र क्लबका अध्यक्ष जोसेप मारिया बोर्टेमाउबीच छलफल भएपछि मात्र यो विषयमा टुंगो लाग्ने सम्भावना रहेको छ । उनलाई क्लबमा राख्न बोर्डले हरसम्भव प्रयास गर्नेछ । यदि सफल नभएको खण्डमा भने सिटीले उनलाई खरिद गर्न औपचारिक प्रस्ताव गर्ने सम्भावना छ ।

केहि सञ्चारमाध्यमले सिटीले मेस्सीलाई तीन वर्षको सम्झौताको प्रस्ताव गर्ने योजनमा छ । त्यसपछि सिटीकै स्वामित्व रहेको एमएलएस टोली न्यू योर्क सिटी एफसीमा खेल्ने विकल्प पनि उनका लागि हुन सक्नेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.