5 years ago
August 27, 2020
एजेन्सी – लियोन मेस्सीले बार्सिलोना छाड्ने आफ्नो इच्छा प्रष्ट गरिसकेका छन् । तर, पनि उनी अर्को क्लबमा जाने विषय अझै तय भैसकेको छ । उनका बारेमा टुंगो लाग्न अझै केहि समय लाग्ने देखिन्छ ।

मेस्सीले क्लब छाड्ने पत्र दिएपछि बार्सिलोनाका पदाधिकारी भने उनलाई मनाउने प्रयासमा छन् । तर, मेस्सी भने क्लबका अध्यक्ष जोसेप मारिया बोर्टेमेउलाई भेट्न चाहिरहेका छैनन् । एक वर्षको सम्झौता बाँकी रहेपनि मेस्सीले भने क्लब छाड्न चाहेको प्रष्ट पारेका थिए । सम्झौता अनुसार भने उनको रिलिज क्लज ७ सय मिलियन रहेको छ ।
बार्सिलोनाका नयाँ खेलकुद निर्देशक रामोस प्लानेसले मेस्सीलाई क्लबमै राख्नका लागि प्रयास गरिने बताएका थिए । अध्यक्ष बोर्टेमेउ मेस्सीसँग कुरा गरेर उनलाई मनाउने प्रयास गर्ने पक्षमा छन् । तर अर्जेन्टिनी सुपर स्टारको भने उनलाई भेट्ने कुनै योजना नभएको बताइएको छ । उनले आफुले क्लब छाड्न चाहेको प्रष्ट पारिसकेका कारण पनि अध्यक्षलाई भेट्न इच्छा नदेखाएका हुन सक्छन् ।
टोलीका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानलाई पनि उनले आफुले क्लब छाड्न चाहेको प्रष्ट पारेका थिए । अन्य क्लबमा जाने विषयमा टुंगिने केहि समय लाग्ने भएपनि मेस्सी प्रशिक्षणमा सामेल हुन्छन् । आइतबार खेलाडीहरुको पिसिआर टेष्टमा मेस्सी पनि समावेश हुने बताइएको छ । सोमबारबाट क्लबको प्रशिक्षण सुरु हुनेछ । कोम्यानको त्यो पहिलो प्रशिक्षण सत्र हुनेछ ।
आफ्नो विषयमा टुंगो लाग्नुअघि सम्म सबै विषय सामान्य देखाउनका लागि पनि मेस्सीले प्रशिक्षणमा भाग लिने बताइएको छ । तर, बिर्सन नहुने अर्को पक्ष भनेको बार्सिलोनासँगको उनको बाध्यात्मक खालको सम्झौता छ । क्लबले नचाहँदा पनि मेस्सीले क्लब छोडे उनलाई कानुनी कारवाहीसम्म हुन सक्छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]