5 years ago
August 28, 2020
एजेन्सी – बार्सिलोनाका सुपरस्टारद्वय लियोन मेस्सी र लुइस सुआरेज बुधबार रातीसँगै बार्सिलोनाको एक रेष्टुरेन्टमा सँगै देखिएका छन् । उनीहरुले त्यहाँसँगै खाना खाएको बताएको छ ।

व्यक्तिगत रुपमा निकै नजिकको सम्बन्ध रहेका यी दुईबीच बार्सिलोनाका खेलाडीका रुपमा त्यो अन्तिम डिनरका रुपमा हेरिएको छ । मेस्सीले आफुले क्लब छाड्न चाहेको पत्र क्लबलाई दिएका छन् । अर्कातर्फ प्रशिक्षकका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले सुआरेजलाई आफ्नो योजनामा नरहेको प्रष्ट पारिसकेका छन् ।
रेष्टुरेन्टबाट निष्कदै गर्दा मेस्सी र सुआरेजको तस्बिर सार्वजनिक भएको छ । उनीहरु अलग अलग कारमा थिए । क्लब छाड्ने घोषणा पछि मेस्सी पहिलो पटक सार्वजनिक रुपमा देखिएका हुन् । सुआरजले मेस्सीको निर्णयको पक्षमा आफू रहेको बताएका छन् ।
म्यानचेस्टर सिटीले मेस्सीले भित्राउनका लागि प्रयास थाल्ने बताइरहेको छ । त्यसअघि मेस्सीले क्लबसँगको विषय टुंगाउनुपर्ने हुन्छ । यसबीचमा ३३ वर्षे अर्जेन्टिना सुपर स्टार क्लबको प्रि सिजन प्रशिक्षणमा भने सामेल हुने भएका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]