default_image

5 years ago

August 27, 2020

पोग्बालाई कोरोना संक्रमण

187 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली राष्ट्रिय फुटबल टोली तथा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बालाई कोरोना संक्रमण भएको छ । यससँगै पोग्बाले अर्को साता हुने फ्रान्सको यूईएफए नेसन्स लिगको खेल गुमाउने भएका छन् ।

फ्रान्सका प्रशिक्षक डीडीएर डेस्चाम्प्सले यूईएफए नेसन्स लिगको खेलका लागि टोली सार्वजनिक गर्ने क्रममा पोग्बालाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । पोग्बासँगै अर्का मिडफिल्डर टान्गी एनडोम्बेले पनि कोरोना संक्रमणका कारण टोलीमा पर्न सकेका छैनन् । पोग्बाको स्थानमा युवा मिडफिल्डर एडुआर्डो कामा भिंगा टोलीमा समेटिएका छन् ।

‘ मैले अन्तिम मिनेटमा टोलीमा परिवर्तन गर्नुपर्यो । पोग्बालाई टोलीमा समेटिएको थियो तर उनले हिजो गरेको परिक्षणमा नतिजा पोजेटिभ आएको छ । अब उनको स्थानमा कामाभिंगा टोलीमा समेटिनेछन्,’ उनले भने ।

पोग्बालाई कुनै लक्ष देखिएको छैन । उनी अब १४ दिने आइसोलेसनमा रहनेछन् । पोग्बाले प्रिमियर लिगको सुरुवाती खेलका लागि भने उपलब्ध हुनेछन् । म्यानचेस्टर युनाइटेडले सेप्टेम्बर १९ मा क्रिस्टल प्यालेसविरुद्ध खेल्दै सिजन सुरु गर्नेछ । अन्य टोलीको भन्दा युनाइटेडले एक साता बढी विश्राम पाएको छ ।

फ्रान्सले नेसन्स लिगको खेलका लागि लियोनका हौसेम औआरलाई पनि पहिलो पटक टोलीमा बोलाएको छ । उनले सम्भवत पोग्बाको स्थानमा खेल्नेछन् । यस्तै युवा डिफेन्डर डायोट उपामेकानो पनि टोलीमा परेका छन् ।

फ्रान्सले नेसन्स लिग अन्तर्गत खेलमा स्विडेनसँग सेप्टेम्बर ५ तथा क्रोएसियासँग सेप्टेम्बर ८ मा खेल्दैछ । सन् २०१८ को विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको थियो ।

फ्रान्सको टोली :

गोलरक्षक : ह्युगो लोरिस, माइक माइगनान, स्टिभ मान्डान्डा

डिफेन्डर : लुकास हर्नान्डेज, लिओ दुबिओस, प्रेस्नेल किम्पेम्बे, क्लेमेन्ट लेंगलेट, डायोट उपामेकानो, राफेल भारान, लुकास डीग्ने, फर्लान्ड मेन्डी

मिडफिल्डर : मौसा सिसोको, हौसेम औआर, स्टिभन एन्जोन्जी, एडुआर्डो कामाभिंगा, एड्रीएन राबिओट, एन्गोलो कान्टे

फरवार्ड : ओलिभिएर जिरुड, विसाम बेन येडर, किलियन एमबाप्पे, एन्टोइन ग्रिजमन, एन्थोनी मार्सियल, जोनाथन इकोने

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.