default_image

5 years ago

August 27, 2020

चेल्सीका ६ खेलाडीमा कोरोना संक्रमण

136 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डको राष्ट्रिय टोलीमा समावेश भएका ट्याम्मी अब्राहम र मेसन माउन्टसहित लन्डन क्लब चेल्सीका ६ खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ ।

चेल्सीले खेलाडीको नाम सार्वजनिक नगरेपनि डेली मेलका अनुसार चेल्सीले ट्याम्मी, मेसनसँगै क्रिस्टियन पुलिसिस र फिकायो तोमारीमा कोरोना पुष्टि भएको र उनीहरु सेल्फ आइसोलेसनमा बसिसकेका छन् । डेली मेलका अनुसार जर्जिन्हो, रस बार्कली, इमर्सन र मिचे बात्सुयाई पनि कोरोनाको आशंकामा चेल्सीको हेडक्वाटरमा क्वारेन्टिनमा रहेका छन् ।

खेलाडीहरु सिजन सकिएपछि छुट्टी मनाउन ग्रिक आइल्यान्ड माइकोनोसमा पुगेका थिए । त्यहाँबाट फर्किएपछि प्रि–सिजन भ्रमणमा निस्कनु अघि कोरोना परिक्षण गराउदा उनीहरुमा कोरोना पुष्टि भएको हो । ८ जना खेलाडीमा कोरोना पुष्टि भएसँगै चेल्सीलाई प्रि–सिजन तयारी उथलपुथल हुने भएको छ ।

१२ सेप्टेम्वरबाट सुरु हुने प्रिमियर लिगमा चेल्सीले नयाँ सिजनको पहिलो खेल ब्राइटनसँग १४ सेप्टेम्बरमा खेल्दैछ । पछिल्लो साता प्रिमियर लिगका खेलाडीमा कोरोना संक्रमण बढिरहेको छ । यसैसाता १४ क्लबका १२ जनालाई कोरोना देखिएको थियो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.