5 years ago
August 28, 2020
एजेन्सी – बार्सिलोनामा एन्टोइन ग्रिजमनले आउने सिजनमा बढी महत्त्व पाउने सम्भावना देखिएको छ । क्लबका सुपर स्टार लियोन मेस्सी क्लबमा रहने पनि नरहेपनि नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले ग्रिजमनलाई बढी महत्व दिने प्रष्ट पारेका छन् ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले ग्रिजमनलाई आउने सिजनका लागि विक्री नहुने खेलाडी भनेर प्रष्ट पारेका थिए । त्यसपछि कोम्यानले ग्रिजमनलाई महत्त्व दिइने बताएका थिए । कोम्यानले ग्रिजमनलाई एटलेटिको म्याड्रिडमा खेलेको भूमिका नै बार्सिलोनामा पाउने प्रष्ट पारेको बताइएको छ ।
डच प्रशिक्षकले आफ्नो पहिलो पत्रकार सम्मेलनमा २९ वर्षे ग्रिजमनलाई उनको आफ्नो पोजिसन सेन्ट्रल फरवार्डमा खेलाउने प्रष्ट पारेका थिए । पछिल्लो सिजन बार्सिलोनामा भने उनले उक्त पोजिसनमा लगातार खेल्न पाएनन् । उनले १७ खेल सेन्टर फरवार्ड भूमिकामा खेलेका थिए । सुआरेज चोटग्रस्त हुँदा मात्र उनले नियमित त्यस पोजिसनमा खेलेका थिए ।
एट्लेटिको र फ्रान्सेली राष्ट्रिय टोलीमा ग्रिजमनले सेन्ट्रल फरवार्डको भूमिका निर्वाह गर्दै आएका छन् । उनकै प्रदर्शनमा फ्रान्सले सन् २०१८ मा विश्वकप उपाधि समेत जितेको थियो । बार्सिलोनामा भने अहिलेसम्म ग्रिजमनले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेका छैनन् ।
मंगलबार मेस्सीले क्लब छाड्ने पत्र लेख्नुअघि कोम्यान र ग्रिजमनबीच कुराकानी भएको बताइएको छ । कोम्यानको कार्यकालमा ग्रिजमनले भने बढी महत्त्व पाउने सम्भावना भने बलियो भएको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]