5 years ago
August 28, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले लियोनेल मेस्सी अनुबन्धको लागि क्याटलान क्लब बार्सिलोना समक्ष तीन खेलाडी साट्ने प्रस्तावको तयारी गरेको छ ।

सिटीले मेस्सीका लागि ८९.५ मिलियन पाउन्डसहित बर्नार्डाे सिल्भा, ग्याब्रियल जेसस र इरिक गार्सिया दिने प्रस्ताव अघि सारेको हो । बार्सिलोना छाड्ने निर्णय गरेसँगै सिटीले यसै समरमा मेस्सी अनुबन्धको लागि गृहकार्य गरिरहेको छ ।
मेस्सीले सिटीको शर्तहरु स्वीकार गरे प्रशिक्षक पेप ग्वार्डिओला र मेस्सीको पुनर्मिलन हुनेछ । ग्वार्डिओलाले बार्सिलोनामा मेस्सीलाई २००८ देखि २०१२ सम्म प्रशिक्षण दिएका थिए । त्यसबेला मेस्सीले आफ्नो खेलमा व्यापक सुधार गर्दै टोलीका साथै व्यक्तिगत सफलता हासिल गरेका थिए ।

स्पोर्ट्स मेलको अनुसार प्रशिक्षक पेप र मेस्सी इतिहाद सर्ने विषयमा यसअघि नै छलफलमा थिए । करिव २० वर्ष स्पेनमा रहेका मेस्सीले भाषाको विषयमा पनि छलफल भएको उल्लेख गरिएको छ । मेस्सीले पेपसँग छलफलपछि नै बार्सिलोना समक्ष आग्रह पत्र पठाएको बुझिएको छ ।
सिटीमा सम्झौता गर्ने मेस्सीको कल्पना लामो समयदेखिको सपना जस्तो देखिन्छ । तर, ८९.५ मिलियन पाउन्डसहित सिल्भा, जेसस र गार्सियाको स्थानान्तरण बार्सिलोनाले स्वीकार गरे मात्र मेस्सीको सपना साकार हुनेछ । बार्सिलोना टोली पूनर्निर्माण गर्न कस्सिएको अवस्थामा यी तीन खेलाडी कोम्यानको रोजाइमा पर्न सक्छन् ।
बर्नार्डो सिल्भा कोम्यानको शैलीसँग मिल्दो खेलाडी हुन् । सिटीले मेस्सी आउने खण्डमा सिल्भालाई बार्सिलोना पठाउन आनाकानी गर्ने छैन । यता बार्सिलोनालाई पनि सिल्भाको आगमनले दिर्घकालिन समाधान हुने देखिन्छ ।

रिपोर्टअनुसार बार्सिलोना पनि जेससलाई अनुबन्ध गर्ने योजनामा रहेको बुझिएको छ । जेसस बार्सिलोनाको मुख्य प्राथमिकतामा रहेका छन् । उनलाई लुइस सुआरेजको विकल्पमा अघि सारिएको छ । जेससको अनुबन्ध अब मेस्सीको प्याकेजमै समावेश हुन सक्छ ।
अर्काे समरसम्म सम्झौता रहेका गार्सिया पनि ग्वार्डिओलाको योजनामा रहेका छैनन् । गार्सिया यसअघि बार्सिलोनाकै एकेडेमीबाट सिटी आएका थिए । उनले सिटीसँग सम्झौता नविकरण नगरेर अर्को सिजन बार्सिलोना फर्कने मनस्थिति बनाएका थिए ।

१६ वर्षसम्म बार्सिलोनामा रहेका मेस्सीले बार्सिलोनाका लागि ७३१ खेलमा ६३४ गोलका साथै २८५ असिस्ट दिएका छन् । उनले क्लबसँग असन्तुष्ट रहेपछि आफूलाई सम्झौताबाट फुकुवा गर्न आग्रह गरेका थिए । क्लबले भने अझैपनि मेस्सी बार्सिलोनामै रहने विश्वास व्यक्त गरेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]