default_image

5 years ago

August 28, 2020

ज्लाटन मिलानमै रहने

121 views

0 Bookmark

एजेन्सी – भेट्रान स्वीडिस फरवार्ड ज्लाटन इब्राहिमोभिचले इटालियन क्लब एसी मिलानसँग थप एकवर्षको सम्झौता नवीकरण गरेका छन् ।

मिलान र इब्राहिमोभिचबीच एक वर्षका लागि ७ मिलियन युरो (फिक्स) पारिश्रमिक कुनैपनि बोनस नपाउने गरी सम्झौता भएको हो । एजेन्ट मिनो राइओलाले ३८ वर्षे इब्राहिमोभिचले मिलानसँग सम्झौता गरेको समाचार निराधार रहेको बताएको २४ घन्टा नबित्दै सम्झौताको समाचार बाहिर आएको हो ।

अघिल्लो सिजन सकिएसँगै छुट्टी र नयाँ सम्झौताको पर्खाइमा रहेका कारण उनी टोलीसँग थिएनन् ।
३८ वर्षीय फरवार्ड गत जनवरीमा सिजनको अन्त्यसम्मको लागि मिलान आएका उनले क्लबमा ठुलो प्रभाव जमाउन सफल भएका थिए ।

सोही कारण पनि क्लबका प्राविधिक निर्देशक पाओलो माल्दिनीले यसअघि नै इब्राको नवीकरणलाई प्राथमिकतामा राखेका थिए । ज्लाटन जनवरीमा मिलान आएयता १८ खेल खेल्दै १० गोल गर्न सफल भएका थिए । उनकै उच्च प्रदर्शनमा मिलान १३ खेलसम्म अपराजित रहन सफल भएको थियो ।

इटालियन सिरी ‘ए’ सेप्टेम्वर १९ देखि सुरु हुँदैछ । क्लबले प्रशिक्षक स्टेफानो पिओलीको प्रशिक्षणमा प्रि–सिजन सुरु गरिसकेको छ । सम्झौता भएसँगै इब्राहिमोभिच प्रशिक्षणमा फर्कनेछन् ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.