default_image

5 years ago

August 28, 2020

मुलर भन्छन् – ‘बार्सिलोना बढी नै आरामदायी देखिन्थ्यो’

191 views

0 Bookmark

एजेन्सी – बायर्न म्युखिनका मिडफिल्डर थोमस मुलर आफ्नो विचार खुलस्त राख्न परिचित छन् । बायर्नले यो सिजन च्याम्पियन्स लिग उपाधि जितिसकेको छ ।

फाइनलमा पीएसजीलाई पराजित गरेपनि क्वार्टरफाइनलमा बायर्नले बार्सिलोनालाई ८–२ ले हराएको खेलको अहिले पनि चर्चा हुने गरेको छ । मुलरको नजरमा त्यो खेलमा बार्सिलोना बढी नै आराममा देखिएको थियो ।

जर्मन फरवार्डले बार्सिलोनाले भन्दा आफ्नो टोलीले राम्रो तयारी गरेको बताएका छन् । ‘म हाम्रा प्रशिक्षकलाई बधाई दिन्छु’, उनले बार्सिलोनाका बारेमा भने, ‘उदाहरणका लागि भनौं बार्सिलोना वार्म अपका लागि त्यति बेला मात्र मैदानमा आएको थियो, जति बेला हामीले वार्म अप गरेको १० मिनेट बितिसकेको थियो ।’

मुलरले बार्सिलोना बढी नै आराममा देखिएको पनि उनले सुनाए । ‘एउटा उदाहरणले नै हारेको अर्थ लगाउन मिल्दैन,’ उनले थपे,’ तर त्यस्ता विषयले खेलमा फरक पार्न सक्थ्यो । तर, मलाई लाग्छ हामी जितका लागि निकै भोका थियौं । उनीहरु हामीभन्दा बढी नै आरामदायी देखिएका थिए ।’

लियोनल मेस्सीले बार्सिलोना छाड्न लागेको विषयमा पनि मुलरले आफ्नो विचार राखेका छन् ।
‘पछिल्लो सय बर्षमा मेस्सी यो ग्रहका उत्कृष्ट खेलाडी मध्ये एक हुन् ,’ उनले भने, ‘उनको बर्हिगमन भयो भने विश्व फुटबलमा कस्तो परिवर्तन आउँछ उत्सुकतापूर्ण हुनेछ । यसमा कसैले आलोचना गर्दैनन् । म उनको नयाँ यात्रालाई उत्सुकताका साथ हेरिरहेको छु ।’

बायर्नमा लाने विषयमा मुलरले ठट्टा गर्दौ भने, ‘मैले हाम्रो सिइओसँग एक दुई पटक यो विषयमा भनेको पनि थिए । तर त्यो मलाई लाग्छ यसमा हामीले भने जसरी हुने होइन ।’

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.