5 years ago
August 28, 2020
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका ब्राजिलियन डिफेन्डर थियागो सिल्भा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् ।

पीएसजीसँग सम्झौता सकिएपछि फ्री एजेन्ट बनेका सिल्भाले चेल्सीसँग एक वर्षको सम्झौता गरेका छन् । क्लबको चाहनाअनुसार अर्को एक वर्ष सम्झौता थप गर्न पाउने प्रावधान रहेको छ । च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखसँग पराजित भएलगत्तै सिल्भाले चेल्सीसँग अनुबन्ध प्रक्रिया अघि बढाएका थिए ।
चेल्सीले यसअघि नै ट्रान्सफर विन्डोमा ४ खेलाडी अनुबन्ध गरिसकेको छ । आयाक्सबाट हाकिम जिएक र आरबी लाइप्जिगबाट टिमो वेर्नरलाई भित्र्याएको चेल्सीले यसै साता लेस्टर सिटीका बेन चिलवेल र फ्रान्सेली डिफेन्डर मालांग सारलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
सिल्भाले चेल्सीसँग सम्झौता गरेपछि लाम्पार्डको टोलीमा रहेर खेल्न उत्सुक रहेको बताए । ‘चेल्सीसँग अनुबन्ध हुन पाउँदा एकदम खुसी छु । फ्रान्क लाम्पार्डले बुनिरहेको यस युवा टोलीमा समावेश भएर सफलता हासिल गर्न म तयार छु । म स्टामफर्ड ब्रिजमा खेल्न लालायित छु,’ उनले भने ।
सिल्भाले पीएसजीअघि एसी मिलानबाट खेल्दै कप्तानका रुपमा इटालियन लिगको उपाधि जितेका थिए । उनले त्यसअघि फ्लुमिनेन्सेबाट पनि खेलेका थिए । ब्राजिलको राष्ट्रिय टोलीको समेत कप्तानी गरिसकेका सिल्भाले टोलीका लागि ८९ खेल खेल्दै ७ गोल गरेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]