5 years ago
August 28, 2020
एजेन्सी –मिडफिल्डर लुका मोड्रिचको रियल म्याड्रिड बसाई ८ वर्ष पुगेको छ । इग्लिस क्लब टोटेनहमबाट मोड्रिच सन् २०१२ अगष्टको २७ मा रियलमा आबद्ध भएका थिए । त्यसयता उनी रियलको सफलताका हिस्सेदार रहँदै आएका छन् ।

मोड्रीचलाई भित्राउनका लागि रियलले नर्थ लन्डन टोलीलाई त्यति बेला ४० मिलियन युरो तिरेको थियो । रियलमा मोड्रिच पहिलो सिजन सन्तोषजनक हुन सकेन । उनलाई समर्थकले मतदानमार्फत इतिहासकै सर्वाधिक खराब ट्रान्सफर रहेको समेत बताएका थिए । तर, त्यसपछि भने उनले आफुलाई टोलीको महत्त्वपूर्णमध्ये एक खेलाडीका रुपमा स्थापित गरेका छन् ।
क्रोएसियाली मिडफिल्डरले ८ वर्षको बसाईमा उनले ४ वटा च्याम्पियन्स लिग, ४ वटा क्लब विश्वकप, ३ वटा सुपर कप, २ वटा ला लिगा, कोपा डेल रे र दी सुपरकोपा डी स्पाना समान १ पटक जितेका छन् । मोड्रिचले रियलबाट ३ सय ४३ खेल खेलिसकेका छन् ।
मोड्रीचले बार्सिलोना विरुद्ध सुपरकोपा डी स्पाना फाइनल खेल्दै रियलबाट डेब्यू गरेका थिए । त्यो उपाधि रियलले जितेको थियो । क्रोएसियाली कप्तान मोड्रिचले पहिलो सिजनमा रियल जारागोगाविरुद्ध ला लिगामा पहिलो गोल गरेका थिए । उनी अहिले क्लबको सर्वाधिक गोलकर्ताको २२ औं स्थानमा छन् ।
व्यक्तिगत रुपमा मोड्रिचका लागि २०१८ वर्ष उत्कृष्ट रह्यो । उनको कप्तानीमा क्रोएसियाले विश्व कप फाइनल खेलेको थियो । यद्दपी टोली फाइनलमा फ्रान्ससँग पराजित भएको थियो । मोड्रिच विश्व कपका उत्कृष्ट खेलाडी चुनिएका थिए । सोही वर्ष उनले बालोन डी ओर र द बेष्ट अवार्ड जितेका थिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]