default_image

5 years ago

August 29, 2020

रियलमा हाजार्डलाई दबाब

151 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडमा आबद्ध भएयता इडेन हाजार्ड चासोको केन्द्रमा रहेका छन् । तर, जति चर्चा उनको भयो त्यो अनुसार हाजार्डले रियलको सफलतामा भूमिका निर्वाह गर्न सकेनन् ।

मुख्यतः सिजनको अत्याधिक समय उनी चोटग्रस्त रहे । जसका कारण उनको सिजननै खराब रह्यो । हाजार्ड आफैंले गएको सिजनलाई उनले खेल जीवनकै खराब सिजन मानेका छन् । भाग्यले पनि साथ नदिएको उनको बुझाई छ ।

चेल्सीमा रहँदा जति बेला उनी फर्ममा त्यति बेला उनलाई विश्वकै उत्कृष्ट पाँच उत्कृष्ट फुटबलरमध्ये एक मानिन्थ्यो । त्यसैका आधारमा रियलले गत सिजन बेल्जियन फरवार्डलाई भित्राएको थियो ।

चोटका कारण हाजार्डमाथि केहि सहानुभुती पनि रह्यो । अब नयाँ सिजनमा भने उनीबाट बढी नै आशा गरिनेछ । उनी आफैं पनि पक्कै पनि उत्कृष्ट प्रदर्शनका लागि दबाबमा हुनेछन् । उनले नयाँ सिजनका लागि बढी नै मेहनत गर्नुपर्ने हुन्छ ।

क्लबका सुपर स्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्स पुगेपछि उनको अभावलाई कमी गर्ने लक्ष्यका साथ रियलले हाजार्डलाई लिएको थियो । तर, त्यस्तो केहि भएन । उनले नत सोचे जस्तो प्रदर्शन गरे, न त उनलाई चोटले त्यो अनुमति थियो ।

गत सिजन उनले २२ खेल मात्र खेल्न सम्भव भयो । त्यसमा १ गोल गरेका उनले ७ गोलमा एसिस्ट गरेका थिए । चेल्सीमा जसरी उनले उच्च प्रदर्शन गरेका थिए, रियलमा पनि उनीबाट समर्थकले त्यस्तै अपेक्षा गर्नेछन् । यदि नयाँ सिजनमा पनि उनले आफ्नो स्तर प्रमाणित गर्न सकेनन् भने काकाको अर्को रुप हुने खतरा छ ।

ब्राजिलियन मिडफिल्डर काका सन् २००९ मा मोटो रकममा रियल आएका थिए । एसी मिलानमा रहँदा ब्यलोन डि अर जितेका उनले रियलमा भने बिर्सनलायक प्रदर्शन गरे । चोट र प्रदर्शन गर्नैपर्ने दबाबले उनले खेल्न सकेनन् । उनको स्थान पछि युवा अोजिलले लिएका थिए ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.