5 years ago
August 29, 2020
एजेन्सी – डच फरवार्ड मेम्फिस डिपाएले ह्याट्रिक पुरा गरेपछि फ्रेन्च लिग वानको नयाँ सिजनको पहिलो खेलमा लियोनले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा लियोनले डिजोनमाथि ४–१ को फराकिलो जित निकालेको हो ।

लियोनले एक गोलले पछि परेको स्थिति उल्ट्याएर फराकिलो जित हात पारेको हो । लियोनले एक गोल उपहार पाउदा डिजोनका उरालियन स्किडेलरले गरेको गोल सान्त्वना बन्यो । शुक्रबार राति भएको खेलमा घरेलु टोली खेलको १४औं मिनेटमा उरालियन स्किडेलरको गोलबाट पछि परेको थियो ।
एक गोलले पछि परेको लियोनले बल पोजेसनमा पकड बनाउदै डिजोनलाई दवावमा राख्दै ३९औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । एहमद नोउनचिलले म्याक्सवेल कर्नेटलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा डिपाए चुकेनन् ।
४५औं मिनेटमा वेस्ली लाउटोआले आत्मघाती गोल गरेपछि लियोनले खेलमा २–१ को अग्रता बनायो । डिपाएको क्रसलाई गोलरक्षक अल्फ्रेड गोमेजले राम्ररी बचाउन नसकेको बललाई वेस्लीललाई लाग्दै गोलमा परिणत भएको थियो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा डिपाएले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । कार्ल टोको इकम्वीको क्रस पासलाई कप्तान डिपाएले नियन्त्रणमा लिदै सिक्स यार्ड भित्रबाट गोल गर्न सफल भएको थिए ।
दोस्रो हाफमा पनि लियोनले पकड बनाएको थियो । ६६औं मिनेटमा लियोनले अर्काे पेनाल्टी प्राप्त गर्यो । लियो डुवोइसले जोनाथन पान्जोले पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा डिपाएले गोल गर्दै ह्याट्रिक पुरा गरे ।
नयाँ सिजनको लिग वानमा डिपाएको यो पहिलो ह्याट्रिक हो । लिग वानमा पनि पहिलो ह्याट्रिक हो । त्यसपछि थप गोल निस्कन नसक्दा लियोन ४–१ ले विजयी हुन सफल भयो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]