5 years ago
August 29, 2020
एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लब छोडेको खण्डमा स्पेनिस ला लिगालाई नै घाटा पुग्ने लिगका अध्यक्ष जाभिएर टेबासले बताएका छन् ।

पछिल्लो चार वर्षको अन्तरमा ब्राजिलियन स्टार नेयमार र त्यसपछि पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ला लिगा छाडे । अब लिओनेल मेस्सी पनि सोहि सुचिमा समावेश हुने खतरा बढेको छ । मेस्सीको प्रस्थानले लिगलाई केहि असर पर्ने पक्का छ । तर नेयमार र रोनाल्डोले छोड्दा भएको असर परिपूर्ति गर्न सकेको लिगले मेस्सीको कमि भने महसुस हुन सक्छ ।
नेयमार र रोनाल्डोले ला लिगा छोडेपनि टेलिभिजन प्रसारण अधिकारबाट आउने रकममा कुनै कमी रहेको थिएन । तर मेस्सीले क्लब छोडेको अवस्थामा भने केहि समस्या आउन सक्छ । पछिल्लो दशक विश्व फुटबलमै वर्चस्व जमाएका दुई खेलाडीमा दुवैले लिग छोड्दा लिगको लोकप्रियतामा असर पर्नेछ ।
हुन त लिगमा अझैपनि २०१८ का ब्यालोन डीओर विजेता लुका मोड्रीच रहेका छन् । तर उनको लोकप्रियता मेस्सी र रोनाल्डोको तुलनामा आउँदैन । रोनाल्डो युभेन्टस गएपछि पनि लिगलाई मेस्सीको उपस्थितिले फाइदा पुगेको थियो । तर मेस्सीले लिग छोडेपछि भने लिगलाई स्टार खेलाडीको कमी महसुस हुने पक्का छ ।
लिगका अध्यक्ष टेबासले मेस्सीको सम्भावित प्रस्थान र यसअघिको अवस्थाबारे यस्तो अभिव्यक्ति दिए :
‘रोनाल्डोले रियल छोड्दा म्याड्रिडका मानिसहरु खुसी थिएनन् । रोनाल्डोको प्रस्थानले हामीलाई कुनै असर नै गरेन भन्दापनि हुन्छ । हामी लामो समयदेखि ला लिगालाई ब्राण्ड बनाउन लागेका थियौं र केहि हदसम्म सफल भएको बुझ्यौं ।
मेस्सीको हकमा भने फरक हुन्छ । मेस्सी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन् । हामी भाग्यमानी छौं की मेस्सी करिअरभर नै हाम्रो लिगमा खेले । मलाई लाग्छ मेस्सीले क्लब छाडेभने त्यसको असर देखिन्छ । उनी स्पेनिस फुटबल र ला लिगाकै आदर्श खेलाडी हुन् । यदि मैले भनेर हुने भए म उनलाई हाम्रै लिगमा रहेर करिअर अन्त्य गर्न आग्रह गर्थें ।
मेस्सीले क्लब छाडे केहि समस्या हुने हो, संकटकै स्थिति भने आउने छैन । हामीले मेस्सी हुँदा वा नहुँदा, टेलिभिजन प्रसारण अधिकार हस्ताक्षर गरिसकेका छौं ।’
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]