5 years ago
September 15, 2020
एजेन्सी – नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा स्वर्ण पदक जित्दा टोलीका सदस्य रहेका फरवार्ड राजेश परियारले भारतको दोस्रो श्रेणी लिग, आई लिग-२ खेल्ने भएका छन् ।

राजेशले लिग अवधिभरका लागि अहमदाबाद र्याकेट एकेडेमी फुटबल क्लबसंग सम्झौता गरेका हुन् । उनी प्रतियोगितामा सहभागिता जनाउन यसै साता भारत प्रस्थान गर्दैछन् । २० वर्षीय राजेशले गत सिजन न्यू रोड टिम (एनआरटि) का लागि ए डिभिजन खेलेका थिए ।
एन्फा एकेडेमीका उत्पादन राजेशले उमेर समूहमा पनि नेपालको प्रतिनिधित्व गरिसकेका छन् । राजेशले सागमा भुटानविरुद्ध फाइनल खेलमा समेत खेलेका थिए । उमेर समूहबाट नेपालका लागि खेल्दै आएका उनको खेलबाट प्रभावित भएपछि क्लबले उनलाई अनुबन्ध गरेको हो ।
यसअघि राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजालले पनि दोस्रो श्रेणीको क्लब मोहमडन फुटबल क्लबसंग सम्झौता गरिसकेका छन् । उनी विगत एक महिनादेखि क्लबमा नियमित प्रशिक्षण गरिरहेका छन् । लिग सुरु हुने मिति भने हालसम्म तय भैसकेको छैन ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]