5 years ago
October 13, 2020
एजेन्सी– लुका मोड्रिच पछिल्लो ८ वर्षमा रियल म्याड्रिडका मुख्य खेलाडी मध्येका एक हुन् । अर्को वर्ष जुन सम्म सम्झौता रहेका मोड्रिचले नविकरणको आशा राखेका छन् ।

सम्भव भएसम्म ३५ वर्षे मोड्रिच रियलमै आफ्नो खेल जीवनको अन्त्य गर्न चाहन्छन् । ‘पक्कै पनि म रियलमै रहन चाहन्छु । तर, यो ममा मात्र निर्भर हुँदैन । क्लब र प्रशिक्षकले के चाहन्छन् त्यो बढी महत्वपूर्ण हुन्छ, ‘ उनले भने, ‘म यहाँ सहज महसुस गर्छु । सम्भव भयो भने म आफ्नो खेल जीवन यहि टुंगाउन चहान्छु । तर, म क्लब र प्रशिक्षकका लागि समस्या बन्न चाहन्न ।’
मोड्रिचले क्लबसँग हार्दिक सम्बन्ध रहेको उल्लेख गर्दै भविष्यमा सोही क्लबमा रहेपनि वा अन्य क्लबमा गएपनि त्यो सम्बन्ध भने यथावत रहने विश्वास व्यक्त गरेका छन् । ‘रियल मेरो घर हो । यो मेरो नवौं सिजन हो र म खुसी छु ,’ उनले थपे, ‘हेर्दौ जाउ के हुन्छ । म परिस्थितिको अनुमान गर्न चाहन्न । मैले यो विषयमा अध्यक्षसँग छलफल गरेको छैन ।’
क्रोएसियाली अन्तर्राष्ट्रियले रियलका प्रशिक्षकहरुका बारेमा पनि चर्चा गरेका छन् । उनले जोसे माउरिन्हो, कार्लो एन्सेलोटी, राफा बेनिटेज र जिनेदिन जिदानका बारेमा चर्चा गरेका छन् । ‘मेरो सरुवाका लागि माउरिन्होको हात मुख्य छ । तर त्यस्ता उत्कृष्ट प्रशिक्षकसँग मैले एक वर्ष मात्र प्रशिक्षण लिने अवसर पाएँ, म जहिले पनि उनीप्रति आभारी रहनेछु । उनी खुला मान्छे हु । इमान्दार मान्छे मलाई मन पर्छ,’ उनले भने ।

एन्सेलोटीका बारेमा पनि उनको धारणा सकारात्मक पाइयो । उनले थपे ,’उनको नेतृत्वमा दुई सिजन सफल रह्यो । त्यति बेला हामीले च्याम्पियन्स लिग र कोपा डे रे जितेका थियौं, मेरो उनीसँग राम्रो सम्बन्ध छ । अहिले पनि हाम्रो समय समयमा कुराकानी हुन्छ ।’
मोड्रिचको नजरमा बेनिटेज पनि निकै उत्कृष्ट प्रशिक्षक हुन् । तर, उनले चाहे जस्तो रियलमा भने गर्न सकेनन् । मोड्रिचले भने ‘फुटबल भनेको त्यहि हो । सबै प्रशिक्षकले त्यहि सफलता प्राप्त गर्छ भन्ने हुदैन । मलाई उनीसँग केहि समस्या रहेन । बाहिरबाट हेर्दा अभ्यासमा केहि समस्या देखिएको थयो । तर त्यस्तो केहि थिएन ।’
जिदान उच्च स्तरको प्रशिक्षक रहेको उल्लेख गर्दै मोड्रिचले उनले प्राप्त गरेको सफलता अरुले दोहोराउन असम्भव रहेको बताएका छन् ।
‘मान्छेहरु अहिले पनि जिदानलाई प्रशिक्षकका रुपमा स्वीकार्न सकिरहेका छैनन् । तर उनी विश्वकै उत्कृष्ट प्रशिक्षक मध्येका एक हुन । टिभी, रेडियोमा उनको आलोचना भइरहेको पाइन्छ । तर त्यसको केहि अर्थ छैन,’ उनले भने, ‘उनी स्तरीय प्रशिक्षक हुन् । जसले खेलाडीलाई उपाय दिन्छन् । रियलमा उनी अझै धेरै बर्ष रहेनछन् । जसरी इग्ल्यान्डमा एलेक्स फर्गुसन र आर्सन वेङ्गर रहे ।’
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]