5 years ago
October 8, 2020
एजेन्सी – बार्सिलोनाका कप्तान लिओनल मेस्सीले यस सिजनको ट्रान्सफर विन्डोमा क्लब छाड्ने भन्दै क्लबसमक्ष आग्रह पत्र नै लेखेपनि अन्तत: कम्तिमा सिजनको अन्त्यसम्म क्याटलान क्लबमा नै रहने निर्णय गरे ।

विगतमा पनि मेस्सीको भविष्यलाई लिएर प्रश्न उठेपनि मेस्सीले आफू बार्सिलोना नछाड्ने बताउँदै आएका थिए । तर बार्सिलोनामा व्यावसायिक करिअरको सुरुवाती दिनमा पनि मेस्सीले बार्सिलोना छाड्न चाहेको खुलेको छ । सन् २००४ मा जोसे माउरिन्होको प्रशिक्षणमा रहेको चेल्सीमा आबद्ध हुन मेस्सीले बार्सिलोना छाड्न चाहेको थिए ।
अर्जेन्टिनी फरवार्ड पोर्चुगिज प्रशिक्षक माउरिन्होको प्रशिक्षणमा खेल्न चाहन्थे । उनीहरुका बीचमा पटक पटक फोनमा कुराकानी हुन्थ्यो । पत्रकार जियानलुका डि मार्जियोले मेस्सीले त्यो समयमा पहिलो पटक बार्सिलोना छाड्न चाहेको बताएका छन् । तर, क्लबले इच्छा नदेखाएपछि चेल्सीसँगको सम्झौताको प्रक्रिया अघि बढ्न सकेन ।
माउरिन्हो अहिले टोटेनहममा आबद्ध छन् । मोउरिन्होको प्रिमियर लिगमा टोटेनहम तेस्रो क्लब हो । उनले त्यसअघि चेल्सीमा दुई पटक तथा म्यानचेस्टर युनाइटेडको समेत नेतृत्व गरेका थिए । मोउरिन्होले बार्सिलोनामा रहेर पनि सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् । बबी रोबसन प्रशिक्षक रहँदा उनी बार्सिलोनामा थिए । मोउरिन्होले पछि इन्टर मिलान र रियल म्याड्रिडमा पनि सफल प्रशिक्षण करिअर बिताए ।

पहिलो पटक बार्सिलोना छाड्न चाहेका मेस्सीले त्यसपछि भने क्लबमा आफ्नो नाम स्थापित गरे । डेढ दशक भन्दा लामो समयपछि मेस्सीले पछिल्लो पटक सिजनको सुरुवातमा क्लब छाड्न चाहे । ३३ वर्षे सफल कप्तान क्लबको व्यवस्थापनसँग सन्तुष्ट नभएकै कारण क्लब छाड्न चाहिरहेको बताइएको थियो । उनले क्लबलाई आफुलाई रिलिज गरिदिन पत्र समेत लेखेका थिए ।
तर, मेस्सीको प्रस्तावलाई बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टेमाउले स्वीकार गरेनन् । छाड्ने नै भए ७ सय मिलियन युरोको रिलिज क्लजको पालना गर्न भनेपछि मेस्सी पछि हटेका थिए । सम्झौताको एक वर्ष बाँकी रहँदा क्लबसँग थप विवाद गर्न नचाहने भन्दै अर्को एक वर्ष बार्सिलोनामै बस्ने निर्णय लिएका छन् । बार्सिलोना छाडेर उनी पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी जान सक्ने अनुमान गरिएको थियो ।
ला लिगामा बार्सिलोनाले ३ खेल खेलिसक्दा ७ अंक जोडेको छ । जसमा २ जित र १ बराबरी खेलेको थियो । मेस्सीले भने नयाँ सिजनमा पनि आफ्नो प्रभावलाई यथावत राखेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]