5 years ago
October 9, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपर्ण खेलमा इंग्ल्यान्डले वेल्समाथि सहज जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० ले हराएको हो ।

इंग्ल्यान्डको सहज जितमा डेब्यु खेल खेलिरहेका डोमिनिक काल्भर्ट लेविन, कोनर कोआडे र ड्यानी इंग्सले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । वेम्वली स्टेडियममा भएको खेलको पाँचौ मिनेटमा किफ मोरको प्रहार बाहिरिदा वेल्स अग्रता लिनबाट चुक्यो ।
१३औं मिनेटमा डेब्यु खेल खेलिरहेका डोमिनिक काल्भर्ट लेविनले सुवर्ण अवसर गुमाउदा इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो । २६औं मिनेटमा लेविनले डेब्यु खेलमा डेब्यु गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाए । वेल्सको कमजोर डिफेन्सको फाइदा दिएको क्रसमा प्रिमियर लिगमा एभर्टनबाट उच्च प्रदर्शन गरिरहेका लेविनले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

२९औं मिनेटमा जोनाथन विलियम्सको कर्नरका क्रिस मेपामको हेडर पोस्टबाट थोरै बाहिरिदा वेल्स बराबरीबाट चुक्यो । ५३औं मिनेटमा कोनर कोआडेले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे । उनले कप्तान काइरन ट्रिपिएरको फ्रिकिकलाई गोलमा परिणत गरेका थिए ।
६३औं मिनेटमा ड्यानी इंग्सले गोल गरेपछि इंग्ल्यान्डले खेलमा ३–० को आरामदायी अग्रता बनायो । कर्नरबाट आएको बललाई टेरन मिङ्सले हेडमार्फत मिलाई दिएको पासमा ड्यानीले ओभरहेड किकमा गोल गर्न सफल भएका थिए ।
६६औं मिनटमा ज्याक ग्रेयलिसको प्रहार वेल्सका गोलरक्षकले बचाए । ७०औं मिनेटमा ज्याक ग्रेयलिसको अर्काे प्रहारमा वेल्सका गोलरक्षक वाइले हेनेसी नै बाधक बने । त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्ड ३–० ले विजयी हुन सफल भयो । वेल्सले इंग्ल्यान्डको पोस्टमा खासै दवाव बढाउन सकेन ।
नेसन्स लिग ‘ए’ २ मा रहेको इंग्ल्यान्डले ११ अक्टोवरमा बेल्जियमको तथा १५ अक्टोवरमा डेनमार्कको सामना गर्नेछ । यस्तै लिग ‘बी’ को ४ मा रहेको वेल्सले ११ अक्टोवरमा आयरल्यान्डको तथा १५ अक्टोवरमा बुल्गेरियासँग खेल्दैछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]