5 years ago
October 9, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा रसियाले स्वीडेनसँग हार बेहोरेको छ । स्वीडेनले रसियामाथि उसकै मैदानमा २–१ को जित निकालेको हो ।

स्वीडेनको जितमा एलेक्सान्डर इसाक र म्याथियस जोहान्ससनले गोल गर्दा घरेलु टोलीका एलेक्सान्डर सोवेलेभले सान्त्वना गोल फर्काएका थिए । भिइबी एरिना रसियन फेडेरेसनमा बिहीबार राति भएको खेलमा स्वीडेनले खेलको २१औं मिनेटमा एलेक्सान्डर इसाकको गोलबाट अग्रता लिएको थियो ।
उनले सेवास्टियन लार्सनलको कर्नरलाई गोलमा परिणत गरेका थिए । एक गोलले पछि परेको घरेलु टोली रसियाले स्वीडेनलाई दवावमा राखेपनि गोल गर्न सकेन । अघिल्ला खेलहरुमा उच्च प्रदर्शन गरिरहेका कप्तान अर्टिन ज्युभाको प्रदर्शन फितलो बनेपछि उनलाई दोस्रो हाफमा सब्सिच्युट गरिएको थियो ।
दोस्रो हाफमा पनि स्वीडेनलाई दवावमा राखेपनि रसियाले ७३औं मिनेटमा दोस्रो गोल खान पुग्यो । क्रिस्टोफोर ओल्सनको पासमा म्याथियस जोहान्ससनले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारेका थिए ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सब्सिच्युट एलेक्सान्डर सोवेलेभले डेनिस चेरेसेभको पासमा गोल गर्दै गोल अन्तर घटाएपनि रसियालाई खेलमा फर्कन निकै ढिला भइसक्दा घरेलु मैदानमा २–१ ले पराजित हुन पुग्यो ।
मैत्रीपुर्ण खेलपछि लिग ‘बी’ ३ मा रहेको रसियाले टर्कीसँग १२ अक्टोवरमा तथा हंगेरीसँग १५ अक्टोवरमा खेल्नेछ । लिग ‘ए’ ३ मा रहेको स्वीडेनले ११ अक्टोवरमा क्रोएसियाको तथा १५ अक्टोवरमा पोर्चुगलको सामना गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]