5 years ago
October 9, 2020
एजेन्सी – फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा बराबरीमा रोकिएको छ । बेल्जियमलाई अफ्रिकी राष्ट्र आइभोरी कोस्टले १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा मिचे बात्सुयाईले गोल गर्दै अग्रता दिलाएपनि अन्तिम तीन मिनेट सम्हालिन नसक्दा बेलिज्यम बराबरीमा रोकिन बाध्य बन्यो । आइभोरी कोस्टका फ्रान्क केइसीले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए ।
बल पोजेसनमा पकड बनाएको बेल्जियमले गोलको लागि दोस्रो हाफ नै कुर्नु परेको थियो । ५३औं मिनेटमा मिचे बात्सुयाईले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । ८७औं मिनेटमा सेवास्टिएन बोर्नाउले पेनाल्टी बक्समा आइभोरी कोस्टका खेलाडीमाथि फल गरेपछि प्राप्त पेनाल्टीमा फ्रान्क केइसीले गोल गर्द खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

नेसन्स लिग ‘ए’ २ मा रहेको बेल्जियमले ११ अक्टोवरमा इंग्ल्यान्डको तथा १५ अक्टोवरमा आइसल्यान्डको सामना गर्नेछ ।
अन्य नतिजा
उज्वेकिस्तानविरुद्ध इरान (१–२), रसियाविरुद्ध स्वीडेन (१–२), दक्षिण अफ्रिकाविरुद्ध नामिविया (१–१), बेल्जियमविरुद्ध आइभोरीकोस्ट (१–१)
नेसन्स लिग सेमिफाइनल
बुल्गेरियाविरुद्ध हंगेरी (१–३), आइसल्यान्डविरुद्ध रोमानिया (२–१), बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध नर्दन आयरल्यान्ड (१–१) पेनाल्टी (३–४), स्लोभाकियाविरुद्ध आयरल्यान्ड (०–०) पेनाल्टी (४–२), नर्थ म्यासेडोनियाविरुद्ध कोसोभो (२–१)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]