default_image

5 years ago

October 9, 2020

स्कटल्यान्ड प्लेअफको फाइनलमा

83 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगको समूह ‘सी’ को सेमिफाइनलमा इजरायलको चुनौती पेनाल्टी सुटआउटमा पन्छाउदै स्कटल्यान्डले अर्काे वर्ष हुने युरोकप छनोटको प्लेअफ फाइनलमा स्थान सुरक्षित गरेको छ ।

निर्धारित समय र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइदा स्कटल्यान्डले ५–३ ले बाजी मार्दै प्ले अफमा स्थान बनाउन सफल भएको हो ।

पेनाल्टीमा जोन म्याकजिन, कलुम म्याकग्रिगर, स्कट म्याकटोमिने, लरेन्स सान्कल्यान्ड र केनी म्याकलिनले गोल गर्दा इजरायलको पहिलो पेनाल्टी प्रहार स्कटल्यान्डका गोलरक्षक डेभिड मार्सलले बचाएका थिए । त्यसपछि निर बिटन, सोनवेइसमन र मोहम्मद अबु फानीले गोल गरेपनि इजरायललाई अघिल्लो चरण प्रवेश गर्न पर्याप्त भएन ।

अब स्कटल्यान्डले युरो कपमा स्थान बनाउनको लागि प्ले अफमा सर्वियाको सामना गर्नेछ । प्ले अफमा सफलता आत पारे स्कटल्यान्ड २२ वर्षपछि कुनै पनि ठुलो प्रतियोगिताको लासग छानिनेछ ।

सर्वियाले पनि नर्वेमाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै प्ले अफमा स्थान पक्का गरेको छ । सर्वियाको जितमा सेर्गेज मिलिन्किोभिच साभिचले दुवै गोल गर्दा नर्वेका म्याथियस नोरमनले एक गोल फर्काएका थिए । खेल सकिन दुई मिनेट बाँकी रहँदा म्याथियसले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याएका थिए । १०२औं मिनेटमा साभिचले गोल गर्दै सर्वियाको जित पक्का गरेका थिए ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.